सिन्धुली ।
२०८१साल फागुन २० गते क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल सिन्धुली जिल्ला समितिको आयोजनामा महान जनयुद्धका अमर शहीद तथा बेपत्ता परिवार भेटघाट कार्यक्रम सम्पन्न भयो । उक्त कर्यक्रम अन्तर्गत सिन्धुली कमलामाई नगरपालिका सिलामेमा २०६० साल फागुन १ गते शहादात हुनु भएकी बुवा कृष्ण बहादुर महतको छोरी कुन्ति महतको हत्या भएको थियो ।
महान अमर शहीद कुन्ति महतको बुवा कृष्ण बहादुर महत र आमा देवीमाया महतलाई क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल जिल्ला समिति सिन्धुलीका सेक्रेटरी जीवनले दोसल्ला ओढाई अभिनन्दन गर्दै महान शहीदले देखाउनु भएको बाटो नयाँ जनवादी क्रान्तिको खुड्किलो पार गरी वैज्ञानिक समाजवाद चुम्ने लक्ष्य ली कमरेड किरणको नेतृत्वमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल अगि बढ्दैछ भन्नु भयो ।
साथै उहाँले महान अमर शहीदको रगत त्यसै खेर फाल्न दिइन्न ,नेपालमा जनसंघर्ष, जनप्रतिरोध संघर्ष र सशस्त्र आम जनविद्रोहद्वारा नयाँ जनवादी क्रान्तिको खुड्किलो पार गर्दै वैज्ञानिक समाजवाद निर्माण गरी महान अमर शहीदको सपना पुरा गर्ने प्रतिबद्दता जाहेर गर्नुभयो ।
उक्त कार्यक्रममा जिल्ला पार्टी सह सचिव अनुज, जिल्ला सदस्य हरि.महत र जिल्ला सल्लाहकार बुद्धि बिश्वकर्माको उपस्थिति थियो ।