क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल प्यालेस्तिनी जनताको सार्वभौम अधिकारको पक्षमा, अमेरिकी नव–फासीवादी आदेशको पूर्णतः खारेज

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल प्यालेस्तिनी जनताको सार्वभौम अधिकारको पक्षमा, अमेरिकी नव–फासीवादी आदेशको पूर्णतः खारेज

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल प्यालेस्तिनी जनताको सार्वभौम अधिकारको पक्षमा उभिएको छ र प्यालेस्तिनी भूमि कब्जा गर्ने अमेरिकी नव–फासीवादी आदेशलाई पूर्णतः खारेज गरेको छ । पार्टीका कार्यवाहक महासचिव गौरवले एक प्रेस वक्तव्य जारी गर्दै प्यालेस्तिनी जनतामाथि हुँदै आएको इजरायली अतिक्रमण तथा यस प्रकारको अमेरिकी सैन्य हस्तक्षेपको धम्कीका विरुद्ध आवज उठाउन विश्वभरिका सम्पूर्ण उत्पीडित राष्ट्र तथा जनतामा हार्दिक अपील गरेको छ ।


वक्तव्यमा भनिएको छ, “अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धबाट क्षतविक्षत भएको गाजा क्षेत्रबाट प्यालेस्तिनी जनतालाई वरपरका देशहरुमा सार्ने घोषणा गरेको लगत्तै गत माघ २२ गते मंगलबार उनले गाजा पट्टीमाथि आवश्यक परे सेना प्रयोग गरेर भएपनि कब्जामा लिने अर्को घोषणा गरेका छन् । यो घोषणा उनले बेन्जामिन नेतन्याहुसँग संयुक्त रुपमा गरिएको पत्रकार सम्मेलनका क्रममा गरेका हुन् । डोनाल्ड ट्रम्पको यो घोषणा प्यालेस्तिनी जनताले बसोबास गर्दै आएको पुरा प्यालेस्तिनी भूमि कब्जा गर्ने इजरायली शाषक वर्गको विस्तारवादी रणनीतिको एउटा हिस्सा हो ।

हाम्रो पार्टी प्यालेस्तिनी जनताको सार्वभौम अधिकार माथि नाङ्गो हस्तक्षेप गर्ने अमेरिकी राष्ट्रपतिको यो दम्भपूर्ण नव–फासीवादी आदेशलाई पूर्णतः खारेज गर्दछ र प्यालेस्तिनी जनताको न्यायपूर्ण सङ्घर्षप्रति ऐक्यबद्धता जाहेर गर्दछ । साथै, प्यालेस्तिनी जनतामाथि हुँदै आएको इजरायली अतिक्रमण तथा यस प्रकारको अमेरिकी सैन्य हस्तक्षेपको धम्कीका विरुद्ध आवज उठाउन विश्वभरिका सम्पूर्ण उत्पीडित राष्ट्र तथा जनतामा हार्दिक अपील गर्दछ ।”

GAZA-Statement