पुष्पलाल विचार प्रवर्धन केन्द्रव्दारा काठमान्डौमा ‘कमरेड पुष्पलाल र नेपाली कम्युनिस्ट आन्दोलनको बाटो’ शिर्षकमा एक विचारगोष्ठीको आयोजना गरियो ।

पुष्पलाल विचार प्रवर्धन केन्दका अध्यक्ष तथा कार्यपत्र प्रस्तोता खेमनारायण ढुंगानाको अध्यक्षतामा सो कार्यक्रम गरिएको थियो ।
सहस्दहरुप्रति एक मिनट मौनधारणगरी सुरु गरिएको उक्त कार्यक्रमको संचालन शशीकला घिमिरे र स्वागत मन्तव्य शम्भु कट्टेलले गरेका थिए । कार्यपत्रमाथि क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सदस्य रामसिंह श्रीषले आफना विचार राख्नु भएको थियो । यसरी विचार राख्नेहरुमा नेकपा २००६का संयोजक टंक पौडेल, पुष्पलाल अध्ययन समाजका मुकुन्द आचार्य, वामा बुद्धिजीवी डा केशा राज खडका, शंकर पोखरेल डा. मोहनसिं प्रधान, निल गगन,दिनेश बर्तौला, नेकपा अध्यक्ष रिषी कटेलआदि थिए ।

भवानी केसीले धन्यवाद ज्ञापन र कार्यपत्र प्रस्तोता खेमनारायण ढुंगानाले सपष्टिकरण दिएर विचारगोष्ठीको समापन गरिएको थियो ।
































