चितवन ।
खेतिमा जथाभावी विषादीको प्रयोगले प्रयोगकर्ता किसान र उपभोक्ता दुवै जोखिममा परेको र यसले क्यानसर , मृगौला सम्बन्धि समस्या लगायत थुप्रै जटिल स्वास्थ्य सम्स्याहरु पैदा गरेको र औद्योगिक उत्सर्जनको असुरक्षित विसर्जनले मानव स्वास्थ्य र वातावरणीय सन्तुलनमा समेत नकारात्मक असर पारेको भन्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी निकट अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) , चितवन जिल्ला समितिले सरोकारवाला निकायहरूको ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाएको छ ।
२०८१ पौष २१ गते अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) का जिल्ला अध्यक्ष प्रकाशबाबु खनालद्वारा हस्ताक्षर गरिएको ज्ञापनपत्र आज कालिका नगर प्रमुख बिनोद रेग्मी , खैरहनी नगरपालिकाका प्रमुख शशी खनियाँ रप्ती नगरपालिका , कृषि अधिकृत कल्पना पोखरेललाई बुझाएको छ । विषादीको असुरक्षित र जथाभावी प्रयोग , उद्योगहरुबाट निस्कने सबैखाले हानिकारक रसायन (धुँवा, पानी र फोहोर ) , ढलहरुले मानव स्वास्थ्य मात्रै हैन जलचर लगायत विभिन्न वन्यजन्तुको र समग्र पारिस्थितिक प्रणाली ९इको सिस्टम ० कै निम्ति खतरा बनिरहेको र यसलाई नियन्त्रण गर्न माग गरेको छ ।
पार्टीका केन्द्रिय सदस्य एवम् चितवन जिल्ला सचीव विकास सहित किसान महासंघका केन्द्रिय सदस्य एवम् जिल्ला अध्यक्ष प्रकाशबाबु खनाल , जिल्ला नेताहरू कुलप्रसाद रिजाल ,हरिलाल पौडेल , चन्द्रप्रसाद पौडेल , युवराज बास्तोला लगायतले नगरप्रमुख र कृषि बिकास अधिकृलाई भेटेर ज्ञापनपत्र बुझाएको हो ।
भेटमा सरोकारवाला निकायहरुले विषयलाई सकारात्मक रुपले लिँदै यसप्रति आफुहरुले सक्दो पहल गर्ने बताएको जिल्ला अध्यक्ष प्रकाशबाबु खनालले जानकारी दिएका छन् ।