कावासोती नवलपुर ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल ४ प्रदेश अन्तर्गत नवलपुर जिल्लाको ऐतिहासिक जिल्ला अधिबेशन प्रदेश सदस्य तथा जिल्ला सह (संयोजक क. प्रतापको सञ्चालन, राष्ट्रिय एकता महादिबेशन आयोजक समिति केन्द्रिय सदस्य तथा जिल्ला संयोजक क. दिपकको अध्यक्षतामा सम्पन्न भयो । सो सम्मेलन २०८१ कार्तिक १४ र १५ मा कावासोतीमा सम्पन्न भउको थियो ।
केन्द्रिय कार्यालय सदस्य तथा प्रदेश इन्चार्ज क.प्रतिक प्रमुख अतिथि र कार्यालय सदस्य तथा प्रदेश संयोजक क. प्रबाह बिशेष अतिथि रहनु भएको सो सम्मेलनमा अन्य अतिथिहरुमा केन्द्रिय सचिवालय सदस्य तथा नवलपुर जिल्ला इन्चार्ज क. अनकुल, केन्द्रिय सचिवालय सदस्य क. प्रभात, राष्ट्रिय महाधिबेशन आयोजक समिति सदस्य क. आकाश र क. बिशाल केन्द्रिय सल््लाहकार क. जोशी हुनुहुन्थ्यो ।
एक मिनेट मौन धारण गरी महान शहीद प्रति भावपूर्ण श्रद्धान्जली पश्चात प्रमुख अतिथिले पानशमा बत्ति वालेर ब्यानर खोली बाचन गरेर अधिबेशनको समुदघाट्न गर्नु भयो । प्रदेश सदस्य क. बिन्दुले मन्तव्यद्वारा प्रमुख अतिथि, अतिथिहरु र अधिबेशनमा सहभागी आयोजक प्रतिनिधिहरुलाई स्वागत गर्नु भयो ।
प्रमुख अतिथि क. प्रतिक, बिशेष अतिथि क. प्रबाह, अतिथिहरु क्.अनकुल, क. प्रभात, क. आकाश, क. बिशाल र क. जोशीले अधिबेशनको सफलताको शुभकामना मन्तब्य राख्नु भएको थियो । प्रमुख अतिथि क. प्रतिकले समग्र स्थिति, ऐतिहासिक राष्ट्रिय एकता महाधिबेशन र प्रस्ताबित दस्ताबेजहरुको बिषयमा पनि आफ्नो विचार राख्नु भयो ।
अन्तमा उदघाटन शत्रका अध्यक्ष क. दिपकले उपस्थित सम्पूर्णलाई धन्यवाद प्रदान गर्दै कार्यक्रम समापन गर्नु भयो ।
अधिबेशनको बन्द शत्रको पार्रम्भमै क. अनकुलको अध्यक्षतामा क. आकाश र क. अनिता समेतको तीन सदस्य अध्यक्षमण्डल गठन गरियो । अध्यक्षमण्डलका अध्यक्षले कार्यक्रम सञ्चालन गर्दै श्रद्धान्जली र आतिथ्यता यथावतै घोषणा गर्दै क. अनकुलबाट प्रस्ताबित राजनीतिक, सांगठनिक प्रतिबेदन प्रस्तुत गरिसकेपछि क. प्रतापको संयोजकत्वमा क. हिमाल र क. परिबर्तन समेत तीन सदस्य प्रतिबेदन सम्पादन समिति निर्माण गरेर आएका शुझाव समेटेर परिमार्जन गरी प्रकाशित गर्ने निर्णय सहित प्रतिबेदन सार्बसम्मतले पारित गरियो । सांथै पुरानो समिति विघठन गरियो र जिल्ला इन्चार्ज तथा अध्यक्षमण्डलका अध्यक्ष क. अनकुलले २५ सदस्य जिल््ला समिति प्रस्ताबित गरिसकेपछि संख्या पारित गरियो । तत्पश्चात क. अनकुल बाटै १ सदस्य पछि थपनी गरी २४ जना पूर्ण सदस्य ८ बैकल्पिक सदस्य र ९ सल्लाहकार समिति नाम सरसरी बाचन गरीएपछि एकमतले पारित गरियो । निर्वाचित कार्यसमितिका जेष्ठ सदस्य क. हिमालको अध्यक्षतामा निर्वाचित जिल्ला समितिको बैठक बस्यो । जिल्ला सचिवमा पूर्ण, जिल्ला संयोजक क.दिपक र सह संयोजक क. न्यु जर्जले उमेदद्वारी घोषणा गरिसकेपछि छलफल पश्चात क. दिपकले उमेद्द्वारी फिर्ता लिएपछि क.न्यु जर्जलाई सर्बसहमतीले नवलपुर जिल्ला सचिवमा निर्वाचित गरियो ।
नव निर्वाचित जिल्ला समितिको तर्फबाट सचिव क. न्यु जर्जले प्रतिबद्धता मन्तव्य राखिसकेपछि क. अनकुल र क जोशीले बधाई ज्ञापन गर्दै कार्यकालको सफलताको शुभकामना दिनुभयो । बैठकका अध्यक्ष क. हिमालले सम्पूर्णलाई बधाई दिदै बैठक समापन गर्नु भयो ।