कमरेड पुष्पगोपाल श्रेष्ठको श्रद्धाञ्जलीसभा सम्पन्न, आरसीपी नेपालद्वारा समवेदना पत्र हस्तान्तरण

कमरेड पुष्पगोपाल श्रेष्ठको श्रद्धाञ्जलीसभा सम्पन्न, आरसीपी नेपालद्वारा समवेदना पत्र हस्तान्तरण

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सल्लाहकार सदस्य पुष्पगोपाल श्रेष्ठको श्रद्धाञ्जलीसभा सम्पन्न भएको छ । पार्टीको एकता महाधिवेशन आयोजक समितिको आयोजनामा सम्पन्न श्रद्धाञ्जलीसभामा कमरेड पुष्पगोपाल श्रेष्ठले नेपालको क्रान्तिकारी कम्युनिस्ट आन्दोलनमा पु¥याउनु भएको योगदानको बारेमा चर्चा गरिएको थियो ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय संयोजक मोहन वैद्य किरणको अध्यक्षता र कार्यालय सदस्य दिनेश शर्माको सञ्चालनमा सम्पन्न कार्यक्रममा अतिथिहरु सीपी गजुरेल, रामसिंह श्रीस, सुदर्शन, प्रतीक, कुमुद लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।


श्रद्धाञ्जलीसभालाई सम्बोधन गर्दै केन्द्रीय संयोजक किरणले कमरेड पुष्पगोपाल श्रेष्ठमा निडरतापूर्वक आफ्नो कुरा राख्ने बेजोड कला भएको बताउनु भयो । उहाँले भन्नुभयो, “क्रान्तिप्रति उहाँ निकै चिन्तित हुनुहुन्थ्यो । क्रान्तिकारी शक्तिलाई कसरी एकताबद्ध तुल्याउने र क्रान्तिको कार्यभार पूरा गर्ने भन्ने विषयमा उहाँ सँधै चिन्तन, छलफल र बहस गरिरहनु हुन्थ्यो ।” उहाँले अगाडि भन्नुभयो, “निरन्तरता, दृढता, सिद्धान्त र विचारप्रति निष्ठा र क्रान्तिका निम्ति अहोरात्र खटिरहने उहाँका क्रान्तिकारी गुण विशेषता अनुशरणीय छन् ।” 

पार्टीका बरिष्ठ नेता सीपी गजुरेल गौरवले कम्युनिस्ट आन्दोलनको निरन्तर क्रान्तिकारी धारामा उभिरहनु र आफूले सकेको योगदान गर्रिाख्ने दृढता उहाँबाट सिक्ने कुरा भएको बताउनु भयो । त्यसैगरी पार्टीका कार्यालय सदस्य रामसिंह श्रेष्ठले आफ्नो विचारमा उहाँ दृढ संकल्पित भएको बताउनु भयो । उहाँका लेखरचनाहरु संकलन गरेर प्रकाशनमा ल्याउनु पर्ने पनि बताउनु भयो ।

पार्टीका प्रवक्ता सुदर्शन, कार्यालय सदस्य कुमुद र पार्टीका सल्लाहकार अध्यक्ष कमल चौधरीले पनि कमरेड पुष्पगोपाल श्रेष्ठले क्रान्तिकारी कम्युनिस्ट आन्दोलमा पु¥याउनु भएको योगदानका बारेमा चर्चासहित श्रद्धाञ्जली मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा संयोजक किरणले पार्टीको तर्फबाट पुष्पगोपाल श्रेष्ठका परिवारजनलाई समवेदना पत्र हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रमको सुरुमा श्रेष्ठको फोटोमा पुष्पगुच्छा र माल्र्यापणसहित श्रद्धाञ्जली अर्पण गरिएको थियो ।