नवलपुर देवचुली नगरकमिटीको एकता अधिवेशन सम्पन्न

नवलपुर देवचुली नगरकमिटीको एकता अधिवेशन सम्पन्न

नवलपुर ।क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ४ नं. प्रदेशको नवलपुर जिल्ला अन्तरगत देवचुली नगरपालिका अन्तरगतको नगर कमिटिको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेकपा –मशाल) दुई कम्युनिस्ट पार्टीको एकता अधिवेशन यही श्रावण १९ गते समपन्न भएको छ ।
कार्यक्रम नगर सहसंयोजक क. पर्खालको सञ्चालन र नगर संयोजक क. विजयको अध्यक्षतामा सम्पन्न भएको थियो । एकता राष्ट्रिय महाअधिवेशन आयोजक समतिका सचिवालय सदस्य क. अन«ुकुलको प्रमुख आतिथ्यतामा र महाअधिवेशन आयोजक समतिका सदस्य तथा जिल्ला संयोजक क. दिपकको समुस्थितिमा कार्यक्रम समपन्न गरिएको थियो ।
क. दिपकले ९ सदस्यीय नगरसमितिको घोषणा गर्दै आफना भनाइहरु राख्नुभएको थियो भने प्रमुख आतिथि क. अन«ुकुलले नवगठित नगरसमितिलाई बधाई तथा शुभकामना दिंदै पार्टी केन्द्रका निर्णयहरु तथा वर्तमान ाजनीतिक स्थितिमाथि प्रकाश पार्नु भएको थियो ।


नवलपुर अन्तरगत पर्ने गैडाकोट, कावासोती, विनयत्रिवेणी र मध्यविन्दुको एकताअधिवेशन सम्पन्न भइसकेको छ ।