यसरी गुडिरहेको माइक्रोमा पहिरो खस्दा, ७ जना घाइते

यसरी गुडिरहेको माइक्रोमा पहिरो खस्दा, ७ जना घाइते

 

काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी नजिकै बाङ्गेमा सडक माथिबाट पहिरो खस्दा ७ जना घाइते भएका छन्। गुडिरहेको माइक्रोबसमा सुख्खा पहिरो खस्दा यात्रु घाइते भएका हुन्।

पहिरोमा परेको माइक्रोबसका यात्रुलाई उद्धार गरी उपचारका लागि गजुरी अस्पताल पठाइएको छ। सुख्खा पहिरो खसिरहेकोले राजमार्ग अवरुद्ध बनेको छ। काठमाडौं भित्रने र बाहिरिने सवारी रोकिएका छन्।

धादिङ बेंसीबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०१–००६ ख ६५१२ नम्बरको ईभी माइक्रो बस गजुरी–५ जरेखोला नजिक पहिरोमा परेको हो। पहिरोसँगै रुख ढलेर माइक्रो बसमाथि बजारिएको थियो।