गत आइतबार अमेरिकाको टेक्सास शहरमा गोली हानी हत्या गरिएकोमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय संयोजक क. किरणव्दारा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाँकी श्रीमति र छोरी लगायत सम्पूर्ण परिवार जनमा हार्दिक समवेदना व्यक्त गर्दै एक प्रेस वक्तव्य प्रकाशित गर्नु भएको छ ।
रुकुम पश्चिम बाफिकोट गाउँपालिका–१० सेजे निवासी दीपक ओलीलाई अमेरिकाको टेक्सास शहरमा गोली हानी हत्या गरिएको थियो ।
वक्तव्यमा उहाँले उक्त घटनाको अविलम्ब छानवीन गरी दोषीमाथि हदैसम्मको कारवाही र पीडित परिवारका लागि उचित क्षतिपूर्ति प्रदान गर्नका लागि हाम्रो पार्टी अमेरिकी सरकारसँग विशेष माग गर्दछ भन्नु भएको छ ।
प्रेस वक्तव्यको पूर्ण पाठ तल दिइएको छ ः