काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ३ न.ं प्रदेश सदस्य एवं भक्तपुर जिल्ला संगठन समितिका वरिष्ठ सदस्य रामकुमार तामाङका वुवा हजारसिहं तामाङको ९० बर्षको उमेरमा निधन भएकोमा दुःख व्यक्त गर्दै पार्टीको प्रदेश ३ ले हार्दिक श्रद्धाञ्जली तथा समवेदना व्यक्त गरेको छ । पार्टीका कार्यालय सदस्य तथा प्रदेश ३ का संयोजक अटलले एक वक्तव्य जारी श्रद्धाञ्जली तथा समवेदन व्यक्त गर्नुभएको हो ।
वक्तव्यमा भनिएको छ, “रामेछाप जिल्ला सुनापति गापा ४ पिप्लेस्थित आफनै निवासमा दमको कारण यही २०८१।०२।२४ गते बिहिबारका दिन दुखद मृत्यु भएकोमा हाम्रो पार्टी गम्भिर दुख व्यक्त गर्दछ, मृतक वुवा हजारसिहं तामाङप्रति हार्दिक श्रद्धान्जली व्यक्त गर्दछ । शोक सन्तप्त सम्पूर्ण परिवारजन भाई बन्धु, इष्ट मित्रप्रति हार्दिक समवेदना प्रकट गर्दछ । शोकलाई शक्तिमा बदल्दै देश जनता पार्टी र क्रान्तिको लागि समर्पित भएर लाग्ने प्रण गर्दछ ।”