काठमान्डौ ।
गत वैशाख ३१ गते राती ९ः०० बजे आफ्नै निवास स्थानबाट गिरफ्तार गरिनु भएका अखिल (क्रान्तिकारी)का केन्द्रीय संयोजक मिलन राईलाई बिनाकारण यतिका दिनसम्म प्रहरीले हिरासतमा राखिरहेको छ । शिक्षा क्षेत्रमा भैरहेको चरम मुल्य वृद्धि एवं लूटतन्त्रका विरुद्ध आवाज उठाइरहेको विद्यार्र्थी संगठन—अखिल (क्रान्तिकारी) र त्यसका नेता कार्यकर्ताहरुका विरुद्ध गृह प्रशासनको निरन्तर दमन, धरपकड शृङ्खलाको कडिको रुपमा यो गिरफ्तारी भएको कुरा स्पष्ट छ ।
एघारवटा क्रान्तिकारी संगठनहरुको विज्ञप्तिमा बिना आधार कथित “अभद्र व्यवहार” को झुट्टा मुद्दा लगाएर शान्तिपूर्ण विरोध र असहमति जाहेर गर्ने संवैधानिक अधिकारको समेत खिल्ली उडाउदै जनवादी, वामपंथी एवं क्रान्तिकारी शक्तिलाई तर्साउन गरिने यस्ता दमन धरपकड अलोकतान्त्रिक र फासिवादी अभ्यासका रुपहरु हुन भनिएको छ ।
विज्ञप्तिको अन्त्यमा गृह प्रशासनको सबैखाले दमन, धरपकड एवं गिरफ्तारीको विरोध गर्दै सरकार एवं गृह प्रशासनलाई संवैधानिक हक तथा लोकतान्त्रिक अधिकारको सम्मान गर्दै अखिल (क्रान्तिकारी)का संयोजक मिलन राईको बिनासर्त, सम्मानजनक रिहाईको जोडदार माग गरिएको छ ।
संयुक्त प्रेस विज्ञप्तिको पूर्ण पाठ तल दिइएको छ ः