आज ऐतिहासिक विद्यार्थी दिवस : शासकहरुलाई घुँडा टेकाएको दिन, अखिल (क्रान्तिकारी)ले देशव्यापी मनाउँदै

आज ऐतिहासिक विद्यार्थी दिवस : शासकहरुलाई घुँडा टेकाएको दिन, अखिल (क्रान्तिकारी)ले देशव्यापी मनाउँदै

काठमाडौं । आज ६० औं ऐतिहासिक विद्यार्थी दिवस । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट अखिल (क्रान्तिकारी)ले नेपालको विद्यार्थी आन्दोलन शैक्षिक आन्दोलन मात्र नभएर राजनीतिक आन्दोलनको पनि अगुवा संगठनको रुपमा स्थापित हुँदै आएको छ । राणा विरोधी आन्दोलन, पञ्चायत विरोधी आन्दोलन र शाही कालीन संसदीय व्यवस्थाको अन्त्यको लागि पनि विद्यार्थी संगठनले बलिदानीपूर्ण संघर्ष ग¥यो । र, राजनीतिक आन्दोलनको पनि अग्रमोर्चामा रहेर आफ्नो ऐतिहासिक कार्यभार पूरा ग¥यो । २००७ सालको क्रान्ति, २०४६ सालको जनआन्दोलन, दशवर्षे जनयुद्ध, ०६२÷०६३ को जनआन्दोलनमा विद्यार्थी संगठनले नै नेपालको राजनीतिलाई एउटा मूल्य र आदर्शमा हिडाएका थिए । राष्ट्रियता, जनतन्त्र र जनजीविकाका मुद्दाका पहरेदार थिए । राजनीतिक आन्दोलनका जीवन र गतिका सम्बाहक थिए । विद्रोह, वीरता, सौर्यता, त्याग र बलिदानको उच्च मूल्यबोधका उदात्त विम्ब थिए । विद्यार्थी आन्दोलनको त्यो राप र ताप पछिल्ला दिनमा सेलाएर गएको छ । विद्यार्थी नेताहरुको पनि संसदवादीकरण, दलालीकरण, विचौलियाकरण र अर्थवादीकरण भएको छ । संसदवादी पार्टी निकट विद्यार्थी संगठनहरु अहिले ठेकेदार, दलाल र विचौलिया बनेका छन् । यो नकारात्मक विरासतलाई चिर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी)ले अहिले पनि विद्यार्थी आन्दोलनको त्यो ऐतिहासिक गौरवशाली र क्रान्तिकारी विरासतलाई कायम राख्दै त्यसको पदचापलाई पछ्याउँदै अगाडि बढ्ने प्रयत्न गरिरहेको छ । संघर्षको त्यो गौरवशाली परम्परालाई कायम राख्दै आज अखिल (क्रान्तिकारी)ले शैक्षिक क्षेत्रका तमाम विकृति विसंगति मात्र होइन, यो व्यवस्थाकै विकल्पका निम्ति सडकबाट आवाज बुलन्द गरिरहेको छ । आज ६० औं एकता दिवस मनाइरहँदा यो संगठनका संयोजकलाई प्रहरीले विनाकारण गिरफ्तार गरेर प्रहरी हिरासतमा राखेको छ । सडकमा नारा जुलुससहित संगठनले विशेष कार्यक्रमको आयोजना गरेको छ । विद्यार्थी नेताहरुले दलाल राज्यसत्ताका विरुद्ध जेहाद छेड्ने उद्घोष गरिरहेका छन् ।

यस्तो थियो विद्यार्थी दिवसको इतिहास
राणाहरूले गरेको पारिवारिक शासन नेपालमा विक्रम सम्वत् १९०३ देखि प्रारम्भ भएर २००७ साल सम्म कायम रह्यो । यसमा राणा प्रधानमन्त्रीका भाइमा पद सर्दै जाने नियम थियो । देशका मुख्य मुख्य शक्तिशाली पदमा पनि राणा खलकका नियुक्त हुन्थे । क्रूर शासक राणाले जे बोल्यो त्यही नै कानून बन्ने अवस्थामा जनता आधारभूत मौलिक अधिकारबाट वञ्चित हुने मात्रै होइन शोषित भएर बस्नु पर्ने दर्दनाक अवस्था थियो । निरंकुश शासनकै बीचमा विद्यार्थीहरु संगठित भएर जागरण, दबाब र प्रतिपक्षीय आन्दोलन आगाडि बढाइरहेको देखिन्छ । जनताको वाक स्वतन्त्रतामाथिको प्रतिवन्ध, जनताका छोराछोरीले निर्वाध पढ्न पाउने अधिकारमाथिको प्रतिबन्ध, राणा शासकहरूको बोली कानून बन्ने चरम दमन र निरंकुशताको बीचमा सुरूवात भएको विद्यार्थी आन्दोलनको इतिहास गौरवपूर्ण छ ।

नेपाली विद्यार्थी आन्दोलनको इतिहासमा सर्वप्रथम वि.सं. १९९१ सालमा भारतको बनारसमा अध्यनरत नेपाली विद्यार्थीहरूले ‘नेपाली छात्र संघ’ गठन गरेका थिए । वि।सं। १९९७ माघ १६ गते त्रिचन्द्र कलेजमा अध्ययनरत विद्यार्थी नेता नेपालको पहिलो राजनीतिक पार्टी ‘नेपाल प्रजापरिषद्’ का सदस्य गंगालाल श्रेष्ठ र लगायतका विद्यार्थीहरूले साहसपूर्वक राणा शासनविरुद्ध प्रचार संघर्ष छेडे । त्यसले राणा साशनको क्रूर र कमजोर जगलाई हल्लायो । उद्देश्यप्रति अडिग गंगालाल श्रेष्ठलगायत चारजनालाई राणा शासकहरूले शोभा भगवतीमा झुण्ड्याएर दिइएको फासिले आन्दोलन दबेन, नयाँरूपमा राणा शासनकै कालकुट बनेर नयाँ स्तरमा संगठित भयो । यसले परिवतर्नकारी युवा विद्यार्थीहरूलाई राणा शासकहरूप्रति थप आक्रोशित बनायो ।

नेपालको संविधान २०१९ जारी भएसँगै निर्दलीय पञ्चायती व्यवस्थाको जग झन् मजबुत बन्न गयो । यही कालखण्डमा दरबारिया शाही कम्युनिस्ट डा। केशरजंग रायमाझी समर्थकहरूले नेपाल राष्ट्रिय विद्यार्थी फेडरेशनलाई फुटाई आफ्नो गुट अनुकूलको संगठन नेपाल राष्ट्रिय विद्यार्थी फेडरेशनको गठन पनि गरे ।

वि। सं। २००१ सालमा भारतको कलकत्तामा नेपाली विद्यार्थीहरुले ‘हिमाञ्चल विद्यार्थी संघ’ गठन गरेका थिए । राणाहरुको चरम दमनकारी नीतिले राणा शासनको अन्त्य गर्नुपर्ने महशुस सबैले गरेका थिए । त्यहीबेला २००४ साल असार १ गते नेपालमा ‘जयतु संस्कृतम’ नामको पहिलो संगठित विद्यार्थी आन्दोलनको सुरुवात भयो । यसको मुख्य भित्री उद्देश्य राणा शासनका विरुद्ध संगठित रूपमा संघर्ष गर्नु थियो । राणाहरुको चरम दमनका कारण बाहिरी रूपमा शिक्षामा कर्मकाण्डबाहेक इतिहास, अर्थशास्त्र, भूगोललगायतका विषयहरू समावेश गर्नुपर्ने मागहरू राखेर संघर्ष चर्काइरहेको थियो । यही क्रममा २००४ साल मंसिर २२ गते संस्कृत छात्रावास काठमाडौंबाट राणा शासकहरुले ४३ जना विद्यार्थी निष्काशन गरे । विद्यार्थीहरूले आफूमाथिको चरम दमनको प्रतिरोधको निम्ति संगठित विद्यार्थी आन्दोलनको महसुस गरे । त्यही सन्दर्भमा २००६ साल असार १७ गते भूमिगत रूपमा प्रचण्डराज सिंहको नेतृत्वमा ‘अखिल नेपाल विद्यार्थी फेड्रेसन’ गठन गरियो । नेपाली विद्यार्थी अन्दोलनको इतिहासमा यो नै पहिलो संगठन बन्यो ।

राणा शासनका विरुद्ध नेपाली जनता र परिवर्तनकारी विद्यार्थीहरुले निर्णायक आन्दोलन गरिरहेको समयमा २००७ साल पौष २४ गते भारतको मध्यस्थतामा राजा, राणा र नेपाली कांग्रसले त्रिपक्षीयरूपमा दिल्ली सम्झौता गरे । उक्त दिल्ली सम्झौताको अ।ने।वि।फे।ले व्यापक भण्डाफोर गर्न थाल्यो । २००८ साल कार्तिक २० गते आन्दोलनको क्रममा विश्व निकेतन हाइस्कूलमा अध्यनरत १४ वर्षे विद्यार्थी चिनियाकाजी श्रेष्ठको काठमाडौंको भूगोलपार्कमा गोली लागी मृत्यु भएको थियो । त्यतिबेला सरकारको नेतृत्व गर्ने राणाकालीन अन्तिम प्रधानमन्त्री मोहन शम्शेर थिए भने गृहमन्त्री कांग्रेसका नेता विश्वेश्वरप्रसाद कोइराला थिए ।

वि।सं २०११ सालमा अ।ने।वि।फे। ले आफ्नो पहिलो राष्ट्रिय सम्मेलन गर्‍यो । उपत्यकामा क्रियाशील अन्तर कलेज विद्यार्थी युनियन र अनेविफे बीच २०१३ सालमा एकता भएर ‘नेपाल राष्ट्रिय विद्यार्थी फेड्रेसन’ गठन भएको थियो । यसबीचमा विद्यार्थी आन्दोलनमा अखिल नेपाल विद्यार्थी फेडरेसनबाहेक अन्तरकलेज विद्यार्थी युनियन, नेपाल छात्र संघ र संस्कृत छात्र संघ अस्तित्वमा थिए ।

वि।सं। २००७ सालको राजनीतिक परिवर्तनपछि दुई वर्षभित्रै निर्वाचन भएर संविधान र सरकार दुवै बन्नुपर्ने थियो । तर, त्यसो हुन सकेन र अर्को ८ वर्षसम्म देश अस्थिरतामै रह्यो । वि।सं। २०१५ सालको संविधानमा रहेको मौलिक हक निलम्बन गर्दै संविधानको धारा ५५ को संकटकालीन अधिकारको प्रयोग गर्दै प्रजातन्त्र विरोधी, निरङ्कुश, तानाशाही राजा महेन्द्रले वि।सं। २०१७ साल पुस १ गते “कु” गरे । निर्वाचनमार्फत बनेको दुईतिहाइ बहुमतको सरकार अपदस्थ गरेर जनप्रतिनिधि सम्मिलित प्रतिनिधिसभा र महासभा समेत भंग गरिदिए । राजा महेन्द्रको शाही घोषणामार्फत निर्वाचित संसद र विश्वेश्वरप्रसाद कोइरालाको मन्त्रीमण्डल विघटन गरेपछि २२ पुसमा बहुदलीय व्यवस्थामा रोक लगाउँदै निर्दलीय पञ्चायती व्यवस्था सुरू गरे ।

२०१७ पुष १२ देखि २०१९ चैत २० सम्म राजा महेन्द्र आफैँले प्रत्यक्ष शासन गर्दै मन्त्रिपरिषद्को नेतृत्व गरे । यही बीचमा वि।सं। २०१९ पुस १ मा राजा महेन्द्रले नेपालको संविधान २०१९ जारी गरे । २० भाग ९७ धारा र ६ अनुसूची रहेको उक्त विधानमा १ सदनात्मक व्यवस्था राखे । उक्त व्यवस्थापिकाको नाम राष्ट्रिय पञ्चायत थियो । सार्वभौम सत्ता तथा अवशिष्ट अधिकार धारा ९० को आधारमा राजामा रहेको थियो । यस संविधानमा राजाको शाही घोषणाद्वारा संविधान संसोधन हुन सक्ने प्रावधान रहेको थियो । नेपालको संविधान २०१९ जारी भएसँगै निर्दलीय पञ्चायती व्यवस्थाको जग झन् मजबुत बन्न गयो । यही कालखण्डमा दरबारिया शाही कम्युनिस्ट डा। केशरजंग रायमाझी समर्थकहरूले नेपाल राष्ट्रिय विद्यार्थी फेडरेशनलाई फुटाई आफ्नो गुट अनुकूलको संगठन नेपाल राष्ट्रिय विद्यार्थी फेडरेशनको गठन पनि गरे ।

निरंकुश शासनकै बीचमा विद्यार्थीहरु संगठित भएर जागरण, दबाब र प्रतिपक्षीय आन्दोलन आगाडि बढाइरहेको देखिन्छ । जनताको वाक स्वतन्त्रतामाथिको प्रतिवन्ध, जनताका छोराछोरीले निर्वाध पढ्न पाउने अधिकारमाथिको प्रतिबन्ध, राणा शासकहरूको बोली कानून बन्ने चरम दमन र निरंकुशताको बीचमा सुरूवात भएको विद्यार्थी आन्दोलनको इतिहास गौरवपूर्ण छ ।

नेपाली जनता र विद्यार्थीहरूले पटक(पटक आन्दोलन गरेर फालेको राणा शासन अन्ततस् निर्दलीय पञ्चायती व्यवस्थामा कैद हुन पुग्यो । त्यस समय दल संघ संस्था खोल्नमा राजाले प्रतिबन्ध लगाइएको थियो । शाही ‘कू’ ले जनताका अधिकारलाई कुण्ठित गरेको थियो त्यसविरुद्ध विद्यार्थीहरु आन्दोलित हुनु स्वाभाविक नै थियो ।

विभिन्न चरणको संघर्षपश्चात वि।सं। २०२१ साल वैशाखमा त्रिचन्द्र कलेज विद्यार्थी युनियनको सक्रियतामा उपत्यकाव्यापी अन्तर कलेज विद्यार्थी सम्मेलन सम्पन्न भयो । सम्मेलनले सबै राष्ट्रघाती असमान सन्धि खारेज गर्नुपर्ने, गोर्खा भर्ती केन्द्र पूर्णतः खारेज गर्नुपर्ने, स्ववियू खोल्न पाउने अधिकारको बहाली गर्नुपर्ने र बन्दी विद्यार्थीहरू निःशर्त रिह गर्नुपर्नेलगायतका मागहरू राखी शसक्त संघर्ष गर्ने निर्णय गर्‍यो । पाँच दिनसम्म चलेर सम्मेलन भव्यताका साथ सम्पन्न भएको खुसियालीमा जेठ १ गते काठमाडौंमा विशाल जुलुश प्रदर्शन भयो । पञ्चायती सरकारले अत्तालिएर जुलुशमाथि बर्बर दमन गर्‍यो । प्रहरीसँग आन्दोलनकारी विद्यार्थीहरूको व्यापक भिडन्त हुँदा कैयौं विद्यार्थी र प्रहरीहरू घाइते भए भने १५० भन्दा बढी विद्यार्थीहरू गिरफ्तार भए । तत्पश्चात विद्यार्थीहरू थप आन्दोलित बने । उपत्यकाव्यापी आम हड्ताल सुरु भयो ।

फलस्वरूप स्ववियू खोल्न पाउने अधिकार बहाली र बन्दी विद्यार्थी रिहाइसहित अन्य कतिपय माग पूरा गर्न पञ्चायती सत्ता बाध्य भयो । राणा शासन अन्त्यको निम्ति निर्णायक भूमिका खेलेका विद्यार्थीहरूले फेरि पनि संघर्षद्वारा निर्दलीय पञ्चायती व्यवस्थालाई घुडा टेकाउन आगाडि बढे । यसरी वि।सं। २०१७ साल पौष १ गते राजा महेन्द्रले ‘कू’ गरिसकेपछि राजनीतिक दल र संघसंस्था खोल्न पाउने अधिकारमाथिको प्रतिबन्धका विरुद्ध विजय हासिल गरेको ऐतिहासिक दिन र उपत्यकाव्यापी विद्यार्थीहरूको एकताको रूपमा दर्ज भएको दिनको सम्झनामा प्रत्येक वर्ष जेठ १ गते विद्यार्थी दिवसको रूपमा मनाउने गरिन्छ ।