भाषा, भ्रमण, अभिव्यक्ति र सहयोग

भाषा, भ्रमण, अभिव्यक्ति र सहयोग

म यहि २०८० साल फाल्गुन ६ र ७ गते दक्षिण भारतको तेलंगना राज्यको राजधानी शहर हैदरावादमा सम्पन्नहुने “अखिल भारत प्रवासी नेपाली एकता समाज” को कार्यक्रममा प्रमुख अतिथिकोरुपमा सहभागी हुन फाल्गुन ५ गते एअर ईन्डियाको उडान मार्फत काठमान्डू बाट नयां दिल्ली हुंदै त्यसतर्फ प्रस्थान गरेको थिएं।

१. नेपाल फर्कने क्रममा त्यहांको राजीव गान्धी अन्तर्राष्ट्रीय विमानस्थलको प्रस्थान द्वारमा सुरक्षा जांचमा खटिएका पुरुष सुरक्षाकर्मीले हिन्दीमा सोधे, “आप कहां जा रहे हैं?” मैले भने, “नयां दिल्ली जा रहा हूं” उनले फेरि सोधे “वहां पर कहां रहते हैं” मैले भने “जेएनयू याने जवाहरलाल नेहरु विश्वविद्यालय में” उन्ले पुन: सोधे, “आप प्रोफेसर है क्या” मैले भने, “नहीं, मेरा पोता उधर पढाई करता हैं”। त्यपछि उन्ले मलाई अगाडि जान ईशारा गर्दै थप भने, “आप नेपाली हैं, इसलिए आप मुझे खास लगा” मैले पछि फर्केर उन्को कुममा हात राख्दै भने, “थ्यांक्यू स मच”।

२. त्यसपछि जहाज चढ्ने ठाउंमा आउंदा यात्रुहररुको लामो पंक्ति भएकाले धेरैबेर सम्म उभिदै अगाडि सर्दै गर्नुपर्ने भयो। मेरो साथमा ब्याकप्याक, साईडब्याग, लुजब्याग र डकुमेन्टपर्स समेत भएकाले लुजब्यागलाई भूईंमा राखेर दाहिने खुटाले अगाडि तर्फ ढकेल्दै अगाडि बढ्दै गरिरहेको थिएं। त्यो तरिका देखेर त्यहां उभिएकी महिला कर्मचारीले मुसुमुसु हासिन। अनि मैले भने, “ईटस् अ फूट याक्सन म्याम” उन्ले भनिन्, “ईटस् ओके सर”।

३. नयां दिल्लीमा अवतरण गरेपछि प्रस्थान कक्ष तर्फको प्रतिक्षालयमा आउंदा तीनजना बस्न मिल्ने ज्वाईन्ट चेयरमा एकछेउमा एकजना पुरुष निदाएका र अर्कोछेउमा एकजना महिला बसेर फोनवार्ता गर्दै रहिछन्। म बीचको खाली ठाउंमा गएर बसें। त्यत्तिकैमा फटाफट हिड्दै आएकी एकजना युवतीले म संग सोधिन, “ह्वेर ईज द चार्जिङ स्टेशन” मैले भने, “जस्ट अन द अदर साईड अफ दयाट पिलर” अनि उनी सरासर त्यसतर्फ गईन।

४. त्यपछि म केहि अध्ययन गर्ने तथा समाचार हेर्ने उदेश्यले आईप्याड खोलेर एकाग्रचित्त भएर बसिरहेको थिएं। केहिबेर पछि मेरो दाहिने तर्फ बसेकी महिलाले “ट्वाईलेट, ट्वाईलेट” भनिन्।
एकछिनपछि फेरि उन्ले “ट्वाईलेट, ट्वाईलेट” भनेपछि मैले उनितर्फ हेर्दा मलाई ट्वाईलेट कता छ भनेर सोधेको रहिछन् भन्ने लाग्यो र मैले भने, “उधर सामने दूर पर देखिए”। उनी उठ्दैगर्दा फेरि मैले सोधे, “आपका यात्रा कहां तक हैं” उन्ले भनिन्, “काठमाण्डू”। उन्को शब्दोच्चारण नेपाली जस्तो लागेर मैले “के तपाईं नेपाली हो” भनेर सोधेपछि थाहाभयो उनी माल्दिभ्सको राजधानी मालेबाट फर्केकी रहिछन्। नत्र त्यसअघि मैले उन्लाई भारतीय सम्झेको थिएं भने उन्ले मलाई विदेशी सम्झेकी रहिछन्। त्यसपछि हामीबीच परिचय आदान-प्रदानकासाथै संवाद पनि भयो। उन्को प्रस्थानको समय भएपछि मलाई धन्यवाद दिंदै विदा भईन्।

५. करिब दुईघण्टा चलाएपछि मेरो आईप्याड र मोबाईलमा ब्याट्रीको पावर घट्दै गयो र म चार्जिङ स्टेशनमा पुगेको मात्र थिएं, तेतिनै बेला तिनै पहिला मलाई चार्जिङ स्टेशन कहां छ ? भनेर सोध्ने युवती पनि फेरि फोन चार्जगर्न आई पुगिन्। मलाई एड्याप्टर सेट गर्न थोरै अलमल जस्तो भएको थियो, त्यो देखेर उन्ले मलाई “सेट ईन दिस वे सर” भन्दै मिलाउन सहयोग गरिन् र मैले “थ्याङिक्यू सो मच” भने अनि उन्ले, “यू हेल्प्ड मी एन्ड आई अल्सो हेल्प्ड यू” भनिन्। त्यतिखेरै एकजना मुस्लिम युवती आएर मेरो डेटा केवलमा भएको त्रिपल चार्जर सेट मध्येको टाईप सी तर्फ इंगित गर्दै भनिन्, “क्यान आई युज ईट” मैले “नो प्रोब्लम” भने अनि उन्ले “थ्याङ्क्यू” भनिन् र आफ्ना साथिहरु संग गएर बसिन्। त्यसपछि मात्र म संग शुरुमा चार्जिङ स्टेशन सोध्ने युवती संग परिचय आदान-प्रदान र संवाद भयो। उनी भारतको पन्जाव राज्य निवासी रहिछन् र थप अध्ययनार्थ संयुक्त अधिराज्यको बर्मिङअम शहर तर्फ जांदै रहिछन्। मेरो प्रस्थानकक्ष तर्फ जाने समय भएपछि मैले उन्लाई, “ह्याब अ सेफ, नाईस एन्ड प्लीजन्ट जर्नी” भन्दै विदा भएं भने उन्ले पनि मलाई सोहि माफिकको कामना व्यक्त गरिन्। (थापाकाे फेसबुक पेजबाट)