क्रान्तिकारी कम्युनिस्ट पार्टीका कार्यालय सदस्य कृष्ण धमलाका बुबाको १०५ वर्षको उमेरमा निधन, पार्टीद्वारा भावपूर्ण श्रद्धाञ्जली अर्पण

क्रान्तिकारी कम्युनिस्ट पार्टीका कार्यालय सदस्य कृष्ण धमलाका बुबाको १०५ वर्षको उमेरमा निधन, पार्टीद्वारा भावपूर्ण श्रद्धाञ्जली अर्पण

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका कार्यालय सदस्य कृष्ण धमलालाई पितृशोक परेको छ । उहाँका बुबा परमानन्द धमलाको १०५ वर्षको उमेरमा निधन भएको छ । वीरेन्द्रनगर नगरपालिका, सुर्खेत, वडा नंं. १ बाङ्गे सिमल निवासी परमानन्द धमलाको यही फागुन ७ गते १०५ वर्षको उमेरमा निधन भएको हो ।

यसैबीच, क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले एक शोक वक्तव्य जारी गरी पार्टीका कार्यालय सदस्य कृष्ण धमलाप्रति हार्दिक समवेदना व्यक्त गरेको छ भने मृतक परमानन्द धमलाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ ।

पार्टी कार्यालय सदस्य तथा प्रवक्ता कञ्जनले जारी गरेको वक्तव्यमा भनिएको छ, “उहाँको निधनबाट हामी अत्यन्तै दुःखित भएका छौं । दुःखको यस घडीमा हाम्रो पार्टी परमानन्द धमलाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ र कमरेड कृष्ण धमला लगायत शोकसन्तप्त परिवार तथा सम्पूर्ण आफन्तजनमा हार्दिक समवेदना व्यक्त गर्दछ ।”

मृतक परमानन्द धमलाका दुई छोरा, दुई छोरी तथा नाति–नातिनी एवम् पनाति–पनातिनीहरु हुनुहुन्छ ।

thumbnail of Condolence Dhamala