काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका कार्यालय सदस्य कृष्ण धमलालाई पितृशोक परेको छ । उहाँका बुबा परमानन्द धमलाको १०५ वर्षको उमेरमा निधन भएको छ । वीरेन्द्रनगर नगरपालिका, सुर्खेत, वडा नंं. १ बाङ्गे सिमल निवासी परमानन्द धमलाको यही फागुन ७ गते १०५ वर्षको उमेरमा निधन भएको हो ।
यसैबीच, क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले एक शोक वक्तव्य जारी गरी पार्टीका कार्यालय सदस्य कृष्ण धमलाप्रति हार्दिक समवेदना व्यक्त गरेको छ भने मृतक परमानन्द धमलाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ ।
पार्टी कार्यालय सदस्य तथा प्रवक्ता कञ्जनले जारी गरेको वक्तव्यमा भनिएको छ, “उहाँको निधनबाट हामी अत्यन्तै दुःखित भएका छौं । दुःखको यस घडीमा हाम्रो पार्टी परमानन्द धमलाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ र कमरेड कृष्ण धमला लगायत शोकसन्तप्त परिवार तथा सम्पूर्ण आफन्तजनमा हार्दिक समवेदना व्यक्त गर्दछ ।”
मृतक परमानन्द धमलाका दुई छोरा, दुई छोरी तथा नाति–नातिनी एवम् पनाति–पनातिनीहरु हुनुहुन्छ ।