गिरफ्तार साथी भेट्न गएका संगठनका कार्यालय सदस्यलाई पनि प्रहरीले गिरफ्तार गरेपछि क्रान्तिकारी युवा संगठन आक्राेशित, जारी गरियाे यस्ताे विज्ञप्ति

गिरफ्तार साथी भेट्न गएका संगठनका कार्यालय सदस्यलाई पनि प्रहरीले गिरफ्तार गरेपछि क्रान्तिकारी युवा संगठन आक्राेशित, जारी गरियाे यस्ताे विज्ञप्ति

काठमाडौं । विना कारण पाेखराबाट गिरफ्तार गरिएका संगठनका केन्द्रीय सदस्य सुर्य परियारलाई भेट्न आवश्यक लत्ताकपडा पुर्याउन गएका संगठनका केन्द्रीय कार्यालय सदस्य दिपेन्द्र शाही विकल्पलाई पनि षड्यन्त्रपुर्वक गिरफ्तार गरिएकाे भन्दै संगठनले आक्राेश पाेखेकाे छ । संगठनका केन्द्रीय संयाेजक हरिश भट्टले विज्ञप्ति जारी गर्दै गिरफ्तार संगठनका नेताहरूलाई तत्काल रिहा नगरे सडक संघर्ष चर्काउने चेतावनी दिएका छन् ।


प्रेस विज्ञप्तिमा भनिएकाे छ, “प्रहरीकाे यस्ताे निच, अमानवीय, गैरन्यायिक हर्कतकाे घाेर भत्सना गर्दछाै र गिरफ्तार कमरेडलाई विनाशर्त तत्काल रिहा गर्न माग गर्दछाै । अन्यथा प्रहरी प्रशासनकाे यस्ताे षड्यन्त्रमूलक गतिविधिका विरुद्ध सशक्त संघर्षमा हाेमिन हाम्राे संगठन बाध्य हुनेछ ।”
यसैबिच, सुर्य परियारकाे गिरफ्तारीकाे विराेध र रिहाइकाे माग गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले पनि वक्तव्य जारी गरेकाे छ ।
यस्ताे छ वक्तव्यकाे पुर्णपाठ- “हाम्रो महान तथा गौरवशाली पार्टी क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल भ्रष्टाचार, अनियमितता, कमिसनखोर, लुटखसोट, मिटरव्याज तथा सहकारीद्वारा गरिएको आर्थिक शोषण लगायतका सम्पूर्ण जनतामारा र राष्ट्र विरोधी गतिविधि विरुद्ध संघर्ष गर्दै वर्तमान संकट र समस्याहरूको जड दलाल पुँजीवादी संसदीय व्यवस्थाको अन्त्य गर्दै समाजवादी जनगणतन्त्रको स्थापनार्थ संघर्ष गरिरहेको बिषय गर्न चाहान्छौं ।

यसबीचमा हाम्रो पार्टीको सहायक संगठन क्रान्तिकारी युवा संगठन नेपालका केन्द्रिय सदस्य, कास्की जिल्ला संयोजक तथा पार्टी जिल्ला समिति सदस्य कमरेड सुर्य लाई पार्टी संगठनको काम गर्दै गर्दा २०८० फागुन ५ गते दिउँसो मात्रै यो युवामारा वर्तमान दलाल गृह प्रशासनको प्रहरीले बिनाकारण गरेको गिरफ्तारीले हामीलाई आक्रोशित बनाएको छ । हामी उक्त गैरन्यायिक गिरफ्तारीको निन्दा व्यक्त गर्दै गिरफ्तार कमरेडको विनासर्त रिहाइको माग गर्दछौं । अन्यथा संघर्ष बाट आउने हरेक परिणामको जिम्मेवार स्वयं राज्यसत्ता हुनुपर्नेछ ।”