मुसीकोट, रुकुम/६, माघ
माक्र्सवादी सौन्दर्य चिन्तक एवम् प्रगतिवादी साहित्यकार डा. ताराकान्त पाण्ड्ेयको निधनप्रति रुकुम (पश्चिम) मुसीकोटमा साहित्यकारहरूले श्रद्धाञ्जली कार्यव्रmम गरेका छन् । प्रगतिशील लेखक सङ्घ नेपाल, रुकुम (पश्चिम) शाखा एवम् इच्छुक सांस्कृतिक प्रतिष्ठानको संयुक्त आयोजनामा तथा राप्ती साहित्य परिषद रुकुम शाखा र अन्य सङ्घ संस्थाका सदस्यहरूको समेत उपस्थितिमा यहीँ आज मुसीकोटको राप्ती साहित्य परिषदको सभाकक्षमा उक्त श्रद्धाञ्जली कार्यव्रmम आयोजना गरिएको हो ।
कार्यव्रmममा साहित्यकारहरूले मृत्युवरित डा. ताराकान्त पाण्डे्यको फोटामा माल्यार्पण र टीका सहित एक मिनेट मौनधारण गरी श्रद्धाञ्जली व्यक्त गरे । प्रलेस रुकुम शाखा अध्यक्ष तथा राप्ती साहित्य परिषद रुकुम (पश्चिम)का अध्यक्ष मनलाल ओलीको अध्यक्षतामा भएको उक्त कार्यव्रmमका प्रमुख अतिथि प्रलेस नेपालका सचिव तथा रक्तिम सांस्कृतिक परिवारका केन्द्रीय अध्यक्ष गिरिप्रसाद बुढा हुनुहुन्थ्यो । त्यसैगरी विशेष अतिथिका रुपमा इच्छुक सांस्कृतिक प्रतिष्ठानका प्राज्ञ सदस्य खगेश्वर भण्डारी हुनुहुन्थ्यो ।
श्रद्धाञ्जली कार्यक्रममा रुकुम (पश्चिम)का विभिन्न साहित्यिक सङ्घसंस्थामा आवद्ध साहित्यकारहरू कमप्रसाद देवकोटा, हरिप्रसाद खनाल, खेमराज खड्का, दामोदर पौडेल, वीरबहादुर के.सी., सत्यनारायण श्रेष्ठ, सीता बुढामगर, कल्पना बुढा, एक्कबहादुर के.सी.लगायतको उपस्थिति थियो । उक्त कार्यव्रmममा कमप्रसाद देवकोटाले डा.पाण्डे्यको व्यक्तित्व, कृतित्व सहित उहाँको स्मृति बिबरण प्रस्तुत गर्दै नेपाली प्रगतिवादी समालोचना र नेपाली भाषा, साहित्यमा उहाँको महत्वपूर्ण योगदान रहेको चर्चा गर्नुभयो । यसैगरी खगेश्वर भण्डारीले पाण्डे्यसँगको सहयात्रामा उहाँको जीवनशैलीको चर्चा गर्दै उहाँको निधनले श्रमजीवी वर्ग, शोषित पीडित जनताको पक्षमा तथा स्वाधीनताको पक्षमा आवाज दिने राष्ट्रकै प्राज्ञिक व्यक्तिको क्षति भएको कुुरा बताउनुभयो ।
त्यसैगरी प्रमुख अतिथि गिरिप्रसाद बुढाले माक्र्सवादी सौन्दर्यशास्त्रका चिन्तक तथा प्रगतिवादी साहित्यकार एवम, द्वन्द्वात्मक, ऐतिहासिक भौतिकवादी समालोचक ताराकान्त पाण्डेयको मृत्युले राष्ट्रको एक प्राज्ञ व्यक्तिलाई गुमाउनु परेको र उहाँबाट हामीले थुप्रै प्रेरणा लिएर उहाँको विचारलाई आत्मसात गर्दै अगाडि बढ्नुपर्ने बताउनुभयो । त्यसैगरी सभापतिको आसनबाट बोल्दै मनलाल ओलीले उहाँले जनयुद्धका क्रममा वैचारिक, सांस्कृतिक र प्राज्ञिक रुपमा पुर्याउनुभएको योगदान र गणतन्त्र प्राप्तिका लागि गर्नुभएको सङ्घर्ष तथा माक्र्सवादी सौन्दर्यशाश्त्रप्रतिको योगदान अतुलनीय रहेको भनी चर्चा गर्नुभयो । गिरिप्रसाद बुढाले पाण्डे्यको सम्झनामा छन्दमा कविता समेत वाचन गर्नुभयो । उपस्थित सबैले रचना वाचन गर्नुभएको थियो । कार्यव्रmम सञ्चालन खेमराज खड्काले गर्नुभएको थियो ।