मालपोत कार्यालय पाल्पालाई जग्गा हक हस्तान्तरण नगर्न क्रान्तिकारी कम्युनिस्ट पार्टीको चेतावनी

मालपोत कार्यालय पाल्पालाई जग्गा हक हस्तान्तरण नगर्न क्रान्तिकारी कम्युनिस्ट पार्टीको चेतावनी

पाल्पा । जिल्ला नापी कार्यलय, पाल्पाबाट कित्ता काट नगर्न, तानसेन नगरपालिकाको वडा नम्बर ७ प्रभासबाट चौकिल्ला घरबाटो सिफारिस नगरी जिल्ला मालपोत कार्यलय पाल्पालाई जग्गा हक हस्तान्तरण नगर्न क्रान्तिकारी कम्युनिस्ट पार्टीको चेतावनी दिएको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपाल पाल्पा संयोजक दिग्दर्शनले एक विज्ञप्ति जारि उक्त चेतावनी दिएका हुन् उनले हक हस्तान्तरण गरे थप संघर्षमा बाध्य हुने समेत जानकारी गराएका छन् । हिजो क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल पाल्पाले प्रभास ताल पुर्ननिर्माण तथा सिमसार क्षेत्र संरक्षणका लागि ३५ रोपनि जग्गा अधिकरण घोषणा कार्यक्रम सम्पन्न गरेको थियोे । मंगलबार जिल्ला संगठन समितिका संयोजक दिग्दर्शनले प्रेस विज्ञप्ति जारी गर्दै उक्त घोषणा गरेका हुन् । प्रेस विज्ञप्ति भनेका छन् :
“प्रभास ताल पुर्ननिर्माण तथा सिमसार क्षेत्र संरक्षणका लागि ३५ रोपनि जग्गा अधिकरण घोषणा कार्यक्रम किन ?

“बातावरणिय प्रदूषण र जलवायु परिवर्तनका मूल कारक तत्व तथा जिम्मेवार अति मुनाफाका लागि अति प्राकृतिक दोहन गर्ने साम्राज्यवादी तथा शक्ति राष्ट्रहरु र तिनका दलालहरु रहेका छन् ।” अध्यक्ष कमरेड किरण

१– जलस्रोत ऐन – २०४५ लाई मिचि प्रभासको दोस्रो पोखरी पुर्ने काम गरेकोले । २– जैविक विविधता र पर्यावरणीय सन्तुलनको दृष्टिले अति महत्वपूर्ण मानिएको एवम् सिमसार क्षेत्रको रुपमा रहेको प्रभास तालको दोस्रो पोखरिको नाम निसाना भेट्ने काम गरेकोले ।, ३– प्राकृतिक सम्पदा तथा सिमसार क्षेत्रको चरम अतिक्रम गरेकोले ।, ४– प्राकृक्तिक सम्पदा तथा धरोहहरुको संरक्षणको दायित्वबोध नगरी माँस्ने काम गरेकोले ।, ५– विगतका दिनहरूमा ठगी, गुण्डागर्दिमा उद्धत रहि कारागार सजाय समेत भोगिसकेका केही आफुलाई डन भन्न रुचाउने गुण्डा र भुमाफियाहरुको मिलोमतोमा प्रभास तालको दोस्रो पोखरी माँस्ने काम गरेकोले ।, ६– मानिसको स्वास्थ्य जस्तो संवेदनशील विषयमा व्यापार गर्ने मेडिकल माफियाहरु संग मिलि प्रभास तालको दोस्रो पोखरी माँस्ने काम गरेकोले ।, ७– जीवन चक्र प्रकृति जलाधार( जैविक(मानिस बिचको अति आवश्यकको रुपमा रहेको हरितगृह उत्पादन क्षेत्र, पानी उत्पादन क्षेत्र, जंगली धान उत्पादन क्षेत्र, विभिन्न जलाधार बनस्पतिहरु र जलाधार जिवहरुको समाप्त पार्ने काम गरेकॉले ।, ८– माथि उल्लेखित बुदाहरुलाई लिएर जनताहरु र यश संग सम्बन्धित तानसेन नगरपालिका सहितका विभिन्न सरोकार वालाहरुले विगत २०७४ सालदेखि संरक्षण गर्नुपर्ने निर्णय एवम् आवाजहरुलाई लत्याएर प्रभास तालको दोस्रो पोखरि पूर्ने काम गरेकोले तानसेन नगरपालिका वडा नम्बर ७ प्रभासमा रहेको प्रभास तालको दोस्रो पोखरि माँसि निर्माण गरिएको यस ३५ रोपनि जग्गा उक्त प्रभास संरक्षण, पूर्ननिर्माण र सिमसार क्षेत्रको संरक्षणका लागि अधिकरण गरेको जानकारी गराउदछौं, आज कै मितिबाट यस संग सम्बन्धित जिल्ला मालपोत कार्यलय, पाल्पाबाट हक हस्तान्तरण, जिल्ला नापी कार्यलय, पाल्पाबाट कित्ता काट नगर्न, तानसेन नगरपालिकाको वडा नम्बर ७ प्रभासबाट चौकिल्ला घरबाटो सिफारिस नगरी दिनु हुन समेत अनुरोध गर्दछौं, तानसेन नगरीपालिकाले यस सम्बन्धित रहेर २०७४र११र १५ गते,२०७४र१०र२६ गते, २०७४र११र०९ गते, २०७८र११र०६ गते लगायतका विभिन्न मितिमा स्थानीय सरकारको अधिकारको क्षेत्र भित्रका प्राकृतिक तथा धरोहहरुको संरक्षणको दायित्वबोध गर्दै कार्यपालिकाको बैठकबाट प्रभास तालको दोस्रो पोखरि पुरानै अवस्थामा राख्ने गरि गरिएको निर्णय तुरुन्तै कार्यवन्यन समेत अनुरोध गर्दछौं ।, अन्यथा यो हाम्रो पार्टीको मागलाई बेवास्ता गरिए थप संघर्ष गर्न बाध्य हुनेछौं ।