पौष १९ काठमान्डौ ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका अध्यक्ष क.मोहन वैद्य किरण १ हप्ताको अस्पत्तालको बसाई पछि आज डिष्चार्ज हुनु भएको छ ।
दमको रोगले केही समयदेखि विरामी भएर काठमान्डौ टिचिंग अस्पत्ताल महाराजगन्जमा उपचाररत क.किरणको स्वास्थ्यमा उल्लेख्य सुधार भएसंगै उहाँलाई डाक्टरको सल्लाह बमोजिम डिष्चार्ज गरिएको हो ।
पार्टीका सूचना, सञ्चार तथा प्रकाशन समितिका संयोजक क.हुकुमबहादुर सिंहसँगको संक्षिप्त भेटमा उहाँले दुइटा महत्वपूर्ण कार्यभार प्रथम क्रान्तिकारी कम्युनिष्ट पार्टीहरुबीचको एकता र दोस्रो २०८१ जेठमा सम्पन्न हुन गइरहेको पार्टीको महाधिवेशनको प्रभावकारी सफलताको लागि अगाडि बढने नै हो भन्नु भयो ।
छलफलको दौरानमा उहाँले उहाँको स्वास्थ्य सुधारमा चासो राखेर अस्पत्तालसम्म आएर तथा विभिन्न सामाजिक सञ्जालमार्फत शुभकामना दिने पार्टीका आम कमरेडहरु तथा शुभेच्छुकहरुप्रति धन्यवाद दिनु भयो ।
उहाँले उहाँको उपचारमा अहोरात्र खटेका टिचिंग अस्पत्तालका डाक्टर र नर्सहरु प्रति आभार प्रकट गर्दै धन्यवाद दिनु भयो ।
एकहफ्ताको लामो तथा कठिन बसाइमा रातदिन सेवागर्ने क. सुष्मा आचार्य वैद्य र परिवारका अन्य सदस्यहरुप्रति पनि धन्यवाद दिनु भयो ।