काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालकाे युवा संगठन क्रान्तिकारी युवा संगठनले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्काे कार्यालयकाे मूल गेटमा अर्धनग्न भएर विराेध प्रदर्शन गरेका छन् । उनीहरुले “युवा मार्न पाइदैन” भन्दै उनीहरुले सिंहरबारभित्रै छिरेर विराेध प्रदर्शन गरेका हुन् ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका कार्यालय सदस्य उदयबहादुर चलाउने दिपकले दिएका अनुसार क्रान्तिकारी युवाहरुले प्रधानमन्त्री निवास बालुवाटारकाे सचिवालय गेट, सर्वाेच्च अदालतकाे मुलगेट, संसदभवनकाे मूलगेट, मन्त्री निवास हरिहरभवनकाे मूलगेटमा एकसाथ प्रदर्शन गरेका हुन् ।
प्राप्त जानकारी अनुसार सिंहदरबारभित्रबाट ३ जना, सर्वाेच्च अदालतबाट २ जना, हरिहरभवनबाट ३ जना, बालुवाटारबाट ३ जना गरी १४ जना युवाहरुलाई अर्धनग्न अवस्थामा गिरफ्तार गरिएकाे छ ।
विराेध प्रदर्शनमा प्रहरीले गरेकाे हस्तक्षेप र गिरफ्तारीकाे विषयमा पार्टी र युवा संगठनले केही बेरमा प्रेस विज्ञप्ती जारी गर्ने सम्बद्ध स्राेतले जनाएकाे छ ।