एनसेल कार्यालयमा क्रान्तिकारी युवा संगठन, नेपालव्दारा कालो व्यानर लगाइयो

एनसेल कार्यालयमा क्रान्तिकारी युवा संगठन, नेपालव्दारा कालो व्यानर लगाइयो

 

पौष ५ पोखरा ।

एनसेल कर छलि बिरुद्ध मोहन बैध ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको सहायक संगठन क्रान्तिकारी युवा संगठन नेपाल ४ नं.प्रदेश समितिले एनसेलको कर छलिको बिरुद्ध एनसेल क्षेत्रिय कार्यालय पोखरा महानगरपालिका –८ सृजना चोकमा चेतावनिस्वरुप कालो ब्यानर लगाएका छन ।
युवा संगठनले बिहिबार क्षेत्रीय कार्यालयमा एक ब्यानर लगाउदै कर चुक्ता नगरे थप कार्वाहि अगाडि बढने पनि जनाएको छ ।
युवा संगठनले आज देशभर सबै क्षेत्रिय कार्यालयमा कालो व्यानर टाँसिएको संगठनका प्रदेश संयोजक लोकेन्द्र राइले बताएका छन् ।