एमसीसी र रुसमा नेपाली सैनिक भर्नाको विरोधमा मसाल जुलुस सम्पन्न

एमसीसी र रुसमा नेपाली सैनिक भर्नाको विरोधमा मसाल जुलुस सम्पन्न

काठमान्डौ ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले काठमान्डौको दक्षिणकाली र चन्द्रगिरी नगरपालिकामा क्रमस: मंसिर १४ र १५ गते एमसीसी र रुसमा नेपाली सैनिक भर्नाको विरोधमा मसाल जुलुस सम्पन्न गरेको छ ।


ती दुवै नगरपालिकाहरुमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सदस्य बन्धुदेव पाण्डेको नेतृत्वमा कार्यक्रम सम्पन्न गरिएको थियो ।
मंसिर १४ गते दक्षिणकाली नगरपालिकामा सम्पन्न मसाल जुलुसमा सुरेश तामांग, रवी तामांग, उमेश भट्ट लगायतको सहभागिता थियो भने चन्द्रगिरी नगरपालिकामा राजेन्द्र कोइराला, रणबहादुर श्रेष्ठ, शंकर महर्जन, श्याम मगर लगायतको उपस्थिति थियो ।