भूकम्प प्रभावित क्षेत्रमा जनस्वास्थ्यकर्मी संगठनको स्वास्थ्य शिविर

भूकम्प प्रभावित क्षेत्रमा जनस्वास्थ्यकर्मी संगठनको स्वास्थ्य शिविर

 

१२ मंसिर २०८०, 
सानीभेरी -१, पक्रैया, पश्चिम रुकुम ।

अखिल नेपाल जनस्वास्थ्यकर्मी संगठनले भूकम्प प्रभावित क्षेत्र पश्चिम रुकुमको सानीभेरी -१, पक्रैयामा स्वास्थ्य शिविर सञ्चालन गरेको छ । उक्त शिविरको संयोजन तथा नेतृत्व संगठनका केन्द्रीय संयोजक इन्दिरा अधिकारीले गर्नुभएको छ ।
शिविरको पहिलो दिन नै दर्जनौं विरामीहरुले स्वस्थ्य सेवा लिनुभएको छ । स्वस्थ्य शिविर ३ दिनसम्म जारी रहने छ । “भूकम्पसँगै चिसो बढेको छ । यहाँका अधिकांश जनताहरु पालमा बसोबास गर्नु पर्ने स्थितिमा हुन्हुन्छ । चिसोले बालबालिका, वृद्धवृद्धा र दम तथा रुघाखोकीका विरामीहरुको स्वास्थ्यमा अझ प्रतिकूल असर गर्ने देखिन्छ ।” संयोजक अधिकारीले बताउनु भयो ।