आरसिपी, नेपालका प्रवक्ता कञ्चनले चलाएकाे स्कार्पियाे र माेटरसाइकल आपसमा ठाेकिदा, माेटरसाइकल चालककाे मृत्यु

आरसिपी, नेपालका प्रवक्ता कञ्चनले चलाएकाे स्कार्पियाे र माेटरसाइकल आपसमा ठाेकिदा, माेटरसाइकल चालककाे मृत्यु

काठमाडौं । पूर्वपश्चिम राजमार्ग अन्तर्गत दाङकाे राप्ति गाउँपालिका–५ को सिंगेमा गए राति पौने १० बजे क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका प्रवक्ता धर्मेन्द्र बास्तोला कञ्चनले चलाएको बा ९ च ७१९८ नम्बरको स्कर्पियो र विपरीत दिशाबाट आइरहेको रा ६ प ५७३८ नम्बरको मोटरसाइकल आपसमा ठाेक्किदा घाइते भएका २९ वर्षीय मोटरसाइकल चालक सन्तराम चौधरीको अस्पताल पुर्याए लगत्तै मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार नेता बास्ताेला जिल्ला प्रहरी कार्यालयमै रहनु भएकाे छ । र, घटनाकाे अनुसन्धान भइरहेकाे छ । प्रारम्भिक जानकारी अनुसार कार चालकले लेन क्रस नगरेकाे, कागजात रहेकाे र मापसे पनि नगरेकाे पाइएकाे घटनास्थलमा पुगेका प्रहरी निरीक्षक सुशील थापा मगरले जानकारी दिनुभयाे ।
घटनाकाे अनुसन्धान जारी रहेकाे र घटनाकाे प्रकृति हेरेर प्रचलित कानुन अनुसार प्रक्रिया अघि बढ्ने पनि प्रहरी निरीक्षक थापा मगरले जानकारी दिनुभयाे ।