
काठमाडाैं, आश्विन -२७/ प्रगतिवादी कवि तथा निबन्धकार मोदनाथ मरहट्टाको संस्मरण सङ्ग्रह जेल डायरीको इच्छुक सांस्कृतिक प्रतिष्ठानको हलमा सार्वजनिक तथा परिचर्चा कार्यक्रम सम्पन्न भयो ।

अखिल नेपाल जनसांस्कृतिक महासङ्घका संयोजक हिरामणि दु:खीको अध्यक्षतामा सम्पन्न सो परिचर्चा कार्यक्रमका प्रमुख वक्ता प्रतिष्ठानका अध्यक्ष प्रा डा ताराकान्त पाण्डे्यले लेखक मोदनाथ मरहट्टाले गोरखा जिल्लाको माओवादी जनयुद्धको प्रशासनिक दमनको लुकेका पाटाहरुको केही अंश यस पुस्तक मार्फत् सार्वजानिक भएको बताउनु भयो । जेल जीवनका भोगाइका अतिरिक्त माओवादी आन्दोलनमा सहादत भएका केही ब्यक्तिहरुको बिरासतको अभिलेखिकरण भएको छ, डा. पाण्डे्यको टिप्पणी थियो ।
अर्का वक्ता लेखनाथ न्यौपानेले मरहट्टाको बैयक्तिक पाटो र पुस्तकले उठाएका जेलभित्रको यथार्थ चित्रबारे आफ्नो धारणा राख्नु भयो । यसै गरि अर्का बक्ता गौरी देबकोटाले बन्दिजिवनको मनोदशाको चित्र उतारेको धारणा राख्नु भयो । महासङ्घका सह संयोजक खेम थपलियाको सन्चालनमा सन्चालित कार्यक्रममा भुँडिपुराण प्रकाशनका ब्यबस्थापक केशबराज पराजुलीले शुभकामना दिनु भएको थियो। सो पुस्तक भुँडी पुराण प्रकाशनले प्रकाशन गरेको हो ।
मरहट्टाको यस अघि पाइलाहरु शिखरतिर उकाशिदै गर्दा(कविता सङ्ग्रह), उज्यालो जन्मनु अघि(खण्ड काव्य) र लेख्ने बिषयको खोजी (निबन्ध सङ्ग्रह) प्रकाशित भैसकेका छन् ।































