असोज २४ गते कुपण्डोल कार्यालयमा पत्रकार सम्मेलन गर्दै आरसिपी नेपाल, बैठकका निर्णयहरु सार्वजनिक गरिने

असोज २४ गते कुपण्डोल कार्यालयमा पत्रकार सम्मेलन गर्दै आरसिपी नेपाल, बैठकका निर्णयहरु सार्वजनिक गरिने

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले असोज १६ देखि २१ सम्म सम्पन्न पार्टीको महाधिवशेन आयोजक समितिको दोस्रो पूर्ण बैठकले लिएका निर्णयहरु पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गर्ने तयारी गरेको छ ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले असोज २४ गते दिनको १२ बजे कुपण्डोलमा पत्रकार सम्मेलनको आयोजना गरी पार्टी बैठकले गरेका निर्णयहरु सार्वजनिक गर्ने तयारी गरेको हो । पत्रकार सम्मेलनमा आमन्त्रणका लागि सबै मिडियाहरुलाई पार्टी प्रवक्ता धर्मेन्द्र बास्तोला कञ्चनले पत्राचार गर्नुभएको छ ।