नवलपरासी – क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपाल निकट युवा र विद्यार्थी संगठनले शनिवार बिना अनुमति संचालित सरकारी गाडीलाई बर्दघाटबाट नियन्त्रणमा लिएर छाडेका छन् ।
शनिवारको बिदाको मौकामा सरकारी गाडी संचालन गरेर पदको दुरुपयोग गर्नेहरुलाई निरुत्साहन गर्नका लागि क्रान्तिकारी युवा संगठन र अखिल ( क्रान्तिकारी ) नवलपरासीले यो अभियान शुरुवात गरेको हो ।
अभियान अन्तरगत पहिलो दिन राजमार्गका संचालन गरिएका बिना अनुमति संचालन गरिएका गाडी सवार जनप्रतिनिधि तथा कर्मचारीहरुलाई सचेत गराएर छाडिएको अखिल ( क्रान्तिकारी ) का केन्द्रीय सदस्य एवं जिल्ला संयोजक सन्देस सापकोटाले जानकारी दिनुभयो । यस्तो गल्ती नदोहो¥याउने प्रतिबद्धता गरेकोले एकपटकलाई छाडिएको हो – उहाँले भन्नुभयो –अब गल्ती गरे कारवाहीका उत्रनेछौ । त्यस्तै सरकारी सवारी साधनको दुरुपयोग गर्नेहरूलाई पहिलो चरणमा सचेत गराउने र दोस्रो चरणमा कार्वाही गर्ने क्रान्तिकारी युवा संगठनका जिल्ला संयोजक तरुण श्रीसको भनाई छ ।
युवा र बिद्यार्थी संगठनको यो पहलकदमीलाई जनताले निकै चाँसो पूवर्क लिएको सो पार्टीका जिल्ला संयोजक रवि पाण्डेयले दावी गर्नुभयो ।































