क्रान्तिकारी महिला संगठन, नेपालको एकता भेला सम्पन्न, अम्बिका मुडभरीको नेतृत्वमा ७५ सदस्यीय कमिटि चयन (फोटोफिचर)

क्रान्तिकारी महिला संगठन, नेपालको एकता भेला सम्पन्न, अम्बिका मुडभरीको नेतृत्वमा ७५ सदस्यीय कमिटि चयन (फोटोफिचर)

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट महिला संगठन क्रान्तिकारी महिला संगठन, नेपालको एकता भेला सम्पन्न भएको छ । एकता भेलाले अखिल नेपाल महिला संघ (क्रान्तिकारी) र अखिल नेपाल महिला संगठनबीचको एकता भेलाबाट संगठनको नाम ‘क्रान्तिकारी महिला संगठन, नेपाल राखेको हो । भेलाले अम्बिका मुडभरीको संयोजकत्वमा ७५ सदस्यीय सम्मेलन आयोजक समिति निर्माण गरेको छ । सो संगठनको सहसंयोजकमा शारदा महत र अन्जना तामाङ रहनु भएको छ ।


क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका बरिष्ठ नेता सिपी गजुरेल गौरवको प्रमुख आतिथ्यतामा सम्पन्न भएको एकता भेलालाई प्रमुख अतिथि गौरव, अतिथिहरु पार्टीका कार्यालय सदस्य तथा प्रदेश ३ का इन्चार्ज हेमन्तप्रकाश ओली सुदर्शन, पार्टी सचिवालय सदस्य तथा प्रदेश ३ का सहसंयोजक सुरेश श्रेष्ठ, लालबहादुर विसी, प्रा.डा.जगदीशचन्द्र भण्डारी लगायतका नेताहरुले वैचारिक राजनीतिक महत्वको प्रशिक्षणमूलक मन्तव्य राख्नुभएको थियो ।


अम्बिका मुडभरीको अध्यक्षतामा सम्पन्न भेलाको सञ्चालन पार्वती सिंहले गर्नुभएको थियो भने अम्बिका रेग्मीले स्वागत मन्तव्य राख्नुभएको थियो । भेलामा अम्बिका मुडभरीले प्रतिवेदन र अन्जना तामाङले विधान प्रस्तुत गर्नुभएको थियो ।
भेलापछि लगत्तै बसेको नवनिर्मित केन्द्रीय समितिको बैठकले प्रदेशका संयोजक र सहसंयोजकहरु र प्रदेश र जिल्लाको एकता भेलाको मिति समेत ठोस गरेको छ । बैठकले गरेको निर्णय अनुसार प्रदेश १ को संयोजकमा अम्बिका रेग्मी, सहसंयोजकमा रितु रपाल, प्रदेश २ को संयोजकमा नरमाया मगर र सहसंयोजकमा यशोदा माझी, प्रदेश ३ को संयोजकमा धनमाया निरौला ‘अनु’ र सहसंयोजकहरुमा गीता कार्की, कमला चन्द र विमला भण्डारी, प्रदेश ४ को संयोजकमा लक्ष्मी खड्का, सहसंयोजकहरुमा देवी थापा र उर्मिला थापा, प्रदेश ५ को संयोजकमा तेजकुमारी थापा, सहसंयोजकहरुमा विना भट्टराई, निमकला पुन र इश्वरी थापा, प्रदेश ६ को संयोजकमा लक्ष्मी चौलागाई, सहसंयोजकमा कैला विष्ट, प्रदेश ७ को संयोजकमा पवित्र कार्की र सहसंयोजकमा मिना कडाल र लक्ष्मी चौधरीलाई जिम्मेवारी दिएको छ ।


बैठकले असोज मसान्तसम्म प्रदेशको भेला र मंसिर मसान्तसम्ममा जिल्ला एकता भेला सम्पन्न गरिसक्ने निर्णय समेत गरेको छ ।