भदाै २१, उदयपुर । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल उदयपुर जिल्ला अन्तरगत त्रियुगा नगरपालिकाको एकता अधिवेशन प्रशिक्षण तथा बैठक सम्पन्न भएको छ । अधिवेशनले भिम सुर्खेतिको संयोजकत्वमा १७ सदस्यीय नगर समिति गठन गरेको छ ।


उक्त कार्यक्रममा प्रमुख अतिथि केन्द्रिय सचिवालय सदस्य तथा उदयपुर जिल्ला इन्चार्ज मोहनसिङ्ग तामाङ, बिशेश अतिथी केन्द्रिय आयोजक समिती सदस्य तथा उदयपुर जिल्ला संयोजक “जटिल“, अतिथीहरुमा केन्द्रिय आयोजक समिति सदस्य तथा एक न. प्रदेश स्कुलिङ्ग बिभग प्रमुख अमर परियर, प्रदेश समिति सदस्य तथा उदयपुर जिल्ला सहसंयोजक संकर पौडेल, दनुवार मुक्ति मोर्चाका केन्द्रिय संयोजक मान ब. दनुवार, त्रियुगा नगर इन्चार्ज लिल ब. रपाल, थिय । कार्यक्रमका प्रमुख अतिथिले पार्टी केन्द्रको योजना र प्रदेश समिति साथै जिल्ला पार्टीको योजना तर्जुमासहितको भाव सबैमा सम्प्रेषण गरेका थिए ।

यसैगरी विशेष अतिथि जिल्ला संयोजक “जटिल“ले जिल्ला पार्टीको आगामी कार्य योजनाको प्रशिक्षणमूलक मन्तव्य व्यक्त गरेका थिए, भने अन्य अतिथिहरुले नगर समितिका सदस्य सबै साथीहरू लाई एकाकार भयर दलाल पुंजिवादको विरुद्धमा लड्न प्रेरित गरेका थिय ।


नगर संयोजक भिम सुर्खेतिको अध्यक्षतामा कार्यक्रम भएको र कार्यक्रमको सञ्चालन अखिल (क्रान्तिकारी)का केन्द्रिय सदस्य तथा जिल्ला पार्टी कार्यालय सचिव निसन कटुवालले गरेका थिए । उक्त कार्यक्रममा त्रियुगा नगरका नेता तथा कार्यकर्ताको उल्लेखनीय उपस्थित रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर