क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले उदयपुरमा प्रमुख जिल्ला अधिकारी समक्ष बुझायो ज्ञापन पत्र

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले उदयपुरमा प्रमुख जिल्ला अधिकारी समक्ष बुझायो ज्ञापन पत्र

 

उदयपुर । क्रान्तिकारी कम्युनिस्ट पार्टि नेपालले उदयपुरमा जनजिबिका र जनसरोकारको बिषयलाई लिएर प्रमुख जिल्ला अधिकारी समक्ष सात बुंदे ज्ञापन पत्र आज बुझाएको छ ।

उक्त ज्ञापन पत्रमा उदयपुर सिमेन्ट उधोगलाई कमिसनको बलमा कौडिको मुल्यमा बेची निजीकरण गर्ने षड्यन्त्र तुरुन्त बन्द गरियोस् ,महंगी (कालाबजारी तथा भ्रष्टाचारिलाई कडा भन्दा कडा कार्बाही गरियोस, मिटर ब्याजिलाई कार्बाही गरि लघु बित्तहरु हटाइयोस ,अव्यवस्थित बसोबासलाई व्यबस्थित गर्न नापी गरिएकाहरुको जग्गा धनी पुर्जा उपलब्ध गरियोस र छुट हुन गएकाहरुको तुरुन्त जग्गा नापी गरियोस भन्ने लगायतका बिषयहरु उल्लेख गरिएको छ । उक्त मांगहरु बेवास्ता गरिएमा पार्टिले सशक्त रुपमा चरणबद्ध संघर्षका कार्यक्रमहरु संचालन गर्ने चेताबनी उक्त ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रिय सदस्य तथा उदयपुर जिल्ला संयोजक जटिल देवकोटाको नेतृत्वमा गएको टोलिले आज दिउँसो उक्त ज्ञापन पत्र बुझाएको हो ।