जन्माेत्सवकाे अवसरमा शैक्षिक सामग्री बितरण

जन्माेत्सवकाे अवसरमा शैक्षिक सामग्री बितरण

दाेर्ण केसी, तुलसीपुर/ १८ भदौ
दाङको तुलसीपुरमा एक युवकले विद्यालयमा पुगी शैक्षिक सामग्री वितरण गरेका छन् । युवकले आफु २५अौ वसन्त पार गरि २६ओै वसन्तमा प्रवेश गरेकाे जन्माेत्सवकाे अवसर पारी विद्यार्थीहरुलाई आईतबार एक कार्यक्रमका बिच शैक्षिक सामाग्रीहरु वितरण गरेका हुन् ।

यसरी आफ्नाे जन्म दिनका अबसरमा शैक्षिक सामग्री वितरण गर्नेमा तुलसीपुर उपमहानगरपालिका -५ का २६ वर्षका स्टार जि.एम. हुन् । उनले अन्य कुराहरुमा खर्च गर्नुभन्दा विद्यालयका ससाना बालबालिकाहरुलाई शैक्षिक सामग्री दिएमा बालबालिकाहरुकाे पढ्ने क्षमतामा उच्च मनाेबल बृद्धी हुने बताए ।

जीएमले उक्त शैक्षिक सामग्री तुलसीपुर उपमहानगरपालिका -५ स्थित जनश्रिमक प्राथमिक विद्यालय गैरापातुमा पुगि त्यस विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई बितरण गरेका हुन् ।

विद्यालयकी प्रधानाध्यापक सुशीला भट्टराईकाे अध्यक्षतामा सम्पन्न साे कार्यक्रममा विद्यालयका शिक्षकशिक्षिकाहरु, बुद्धिजीवीहरु लगायतकाे सहभागिता रहेकाे थियाे ।

युवा स्टार जि.एमद्वारा कापी, कलम लगायतका शैक्षिक सामग्रीहरु पाएपछि बालबालिकाहरु खुशीले रमाएका थिए ।