काठमाडौं । केही दिन अगाडि एउटा मिडियामा एक जना अधिवक्ताले मगर तथा तामाङ जातिमाथि लक्षित गरेर जातीय सद्भाव विथोल्ने गरी व्यक्त गरेको धारणाको विरोधमा आयोजित कार्यक्रममाथि प्रहरीले गरेको दमन र धरपकडाको अखिल नेपाल आदिवासी जनजाति महासंघले घोर निन्दा र तीव्र भत्र्सना गरेको छ । महासंघका अध्यक्ष पवनमान श्रेष्ठले एक वक्तव्य जारी गर्दै आन्दोलनको क्रममा गिरफ्तार प्रदर्शनकारीको अविलम्ब रिहा गर्न तथा घाइतेहरुको निःशुल्क उपचार गर्न पनि महासंघले जोडदार माग गरेको छ ।
महासंघले नेपालका आदिवासी जनजातिको प्रथाजन्य चलनसँग पूरै अनभिज्ञ तथा विज्ञानले पुष्टि नगरेको विषयमा ठालु पल्टेर दिएको अभिव्यक्तिले मगर तथा तामाङ लगायत आदिवासी जनजातिका मर्ममाथि चोट पु¥याउने काम जिम्मेबार नागरिकबाट हुन सक्दैन भन्दै वक्तव्यमा यो गैरकानूनी हर्कत भएकोले राज्यले उचित छानविन गरी कारबाही गर्न जोडदार माग गरिएको छ ।

































