अखिल(क्रान्तिकारी) केन्द्रिय समितिव्दारा माइतिघर मण्डलामा विरोध प्रर्दशन तथा विवादास्पद पुस्तक जलाउने कार्यक्रम सम्पन्न

अखिल(क्रान्तिकारी) केन्द्रिय समितिव्दारा माइतिघर मण्डलामा विरोध प्रर्दशन तथा विवादास्पद पुस्तक जलाउने कार्यक्रम सम्पन्न

८ साउन काठमान्डौ

विवादास्पद लोकसेवा तयारी पुस्तकमा महिलाबारे आपत्तिजनक शब्दसहितको प्रश्नोत्तर राखिएकोमा अखिल(क्रान्तिकारी) केन्द्रिय समितिले आज माइतिघर मण्डलामा विरोध प्रर्दशन तथा उक्त विवादास्पद पुस्तक जलाउने कार्यक्रम सम्पन्न भएको छ ।


उक्त कार्यक्रमको संचालन अखिल(क्रान्तिकारी)का सचिवालय सदस्य शोभा सेन्चुरीले गर्नुभएको थियो । विरोध कार्यक्रममा अखिल(क्रान्तिकारी)का केन्द्र कार्यालय सदस्य नवराज भट्टले महिला माथि हुने अत्याचार विरुद चुप बस्न नहुने बताउनु भयो भने,कार्यक्रममा अखिल(क्रान्तिकारी)का केन्द्रिय सह–संयोजक शिलु न्यौपानेले विरोध कार्यक्रममा वैद्धिक अपराध गर्ने राम एक्वाल दासले सर्वजनीक पदमा आसिन लेखकले पदबाट राजिनामा दिएर तत्काल प्रकाशीत किताव वितरणमा रोक लगाउनु पर्ने आम रुपमा माफि माग्नु पर्ने बताउनुभयो ।

उक्त कार्यक्रममा अखिल(क्रान्तिकारी)का केन्द्रिय सह–संयोजक पेशल दाहाल,सचिवालय सदस्य गोविन्द विष्ट लगायत विधार्थी नेताहरु विरोध प्रर्दशनमा उत्रिएका थिए ।
अखिल(क्रान्तिकारी)ले नारा जुलुस सहित आफ्नो आक्रोस विरोध प्रर्दशनमा देखाएका थिए । उक्त कार्यक्रम पछि उनिहरुले उक्त विवादास्पद पुस्तक जलाएका थिए ।
विधा विकास पब्लिकेसन प्रा.लि काठमान्डौद्धारा प्रकासित उक्त पुस्तकको प्रकाशन तथा वितरण कार्यलाई पूर्ण रुपमा बन्द गर्न अखिल(क्रान्तिकारी)ले माग गरेको छ ।


विदार्थी नेताहरुले विवादास्पद कितावका लेखक राम एक्वल दासले लोकसेवाको गेमस्काउट,वन रक्षक सफलताको साथी पुस्तकमा महिलाबारे आपत्तिजनक शब्द सहितको प्रश्नोत्तर राखेको र वन तथा वातावरण मन्त्रालयका सार्वजनिक पद धारण गरेका हुदा तत्काल वर्खास्त गर्न सम्बन्धित पक्षलाइ जिम्मेवार हुनु पर्ने बारे बताएका छन् । अखिल(क्रान्तिकारी) ले भ्रमपूर्ण तरिकाले सम्वन्धित पक्षले माफि मागेता पनि सार्वजनिक रुपमा माफि माग्नु पर्ने र प्रकाशन वितरण नरोके सम्म अखिल(क्रान्तिकारी) चुप नबस्ने कुरा अखिल(क्रान्तिकारी)का केन्द्रिय सह–संयोजक शिलु न्यौपानेले बताउनु भयो ।