हेटौडा । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले शनिबार साँझ मकवानपुरको हेटौडामा मशाल जुलुस प्रदर्शन ग¥यो । प्रदेश सदरमुकाम समेत रहेको हेटौडाको स्कूल रोडबाट सुरु भएको मशाल जुलुसमाथि प्रहरीले सुरुमै हस्तक्षेप गर्ने प्रयास ग¥यो तर क्रान्तिकारी कम्युनिस्ट पार्टीका नेता कार्यकर्ताहरुले प्रहरी हस्तक्षेपका बाबजुद मशाल जुलुस प्रदर्शन गरिरहे ।

प्रहरीले पटक पटक मशाल खोस्ने प्रयास गरिरह्यो तर क्रान्तिकारी कम्युनिस्टहरुले स्कूल रोडदेखि सिमाचोकसम्म मशाल जुलुस प्रदर्शन गरिरहे । प्रहरीले लखेटेर मशाल खोस्ने प्रयास गरे पनि त्यसलाई छिचोल्दै मशाल जुलुस प्रदर्शन गरियो । सिमा चोकमा पुगेर मशाल जुलुस कोणसभामा परिणत भयो । कोणसभालाई क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालमा केन्द्रीय सचिवालय सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज गगनले सम्बोधन गर्नुभयो ।

उहाँले वर्तमान प्रतिक्रियावादी दलाल सत्ता र व्यवस्थाले गरेको जनघात र राष्ट्रघातको विरोध स्वरुप मशाल जुलुस प्रदर्शन गरिएको बताउनु भयो । शान्तिपूर्ण रुपमा गरिएको मशाल जुलुस प्रदर्शनमाथि गरिएको प्रहरी हस्तक्षेप र दमनको चर्को शब्दमा उहाँले विरोध समेत गर्नुभएको थियो । कोणसभाको सञ्चालन जिल्ला कार्यालय सदस्य शक्तिले गर्नुभएको थियो । हेर्नुहोस् फोटो र भिडियो ः































