सुर्खेत । आज देशका जल्दाबल्दा समस्याहरुको गम्भीर समिक्षा गर्दै ओरालो हुइकिएको देशको अर्थब्यबस्था धराशायी बन्दै गएको नेपाली संस्कृती, अस्तव्यस्त शिक्षा र स्वास्थ्यस्थिति साथै परनिर्भर राजनीतिका कारण निरन्तर बढ्दै गएको वैदेशिक हस्तक्षेप र यसबाट देशले उन्मुक्ती प्राप्त गर्न अनिवार्य चाल्नुपर्ने कदमलाई मध्यान्तर गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ६ नम्बर प्रदेशले मुख्यमन्त्रीको कार्यालय विरेन्द्रनगर सुर्खेतमा ज्ञापनपत्र बुझाएको छ।
उक्त ज्ञापन पत्रमा आउदो ०८३ सम्म कर्णाली प्रदेश शिक्षा र स्वास्थमा निजीकरण मुक्त हुनेगरी ०८० मा सरकारी कर्मचारी, जनप्रतिनिधि र राजनीतिकर्मीहरुको लगानीमा संचालित विद्यालय र अस्पताल बन्द गर्नेगरी चरणबद्ध कार्यक्रम घोषणा गर्न र ज्योष्ठ नागरिक, मुटु, मृगौला र क्यान्सर रोगीहरुको निशुल्क उपचारको माग गर्दै ज्ञापन पत्र बुझाएकाे हाे ।
ज्ञापन पत्रमा कृषि उत्पादन सामाग्रीको खरिद राज्यद्वारा नै गर्नुपर्ने, कृषि उपजहरुको संकलन तथा वितरण केन्द्र प्रत्येक पालिकामा स्थापना गरिनुपर्ने र कृषिजन्य सामान आयातमा पुर्ण रूपमा रोक लगाईनुपर्ने आदि सान्दार माग उल्लेख गरिएको छ । वित्तीय अपराधका फ्याक्ट्रीका रुपमा रहेका लघुवित्तहरु पुर्ण रुपले बन्द गरिनुपर्ने, सहकारीका भ्रष्ट संचालकहरूलाई कारवाही गर्नुपर्ने र सहकारी तथा बैंक कर्मचारीहरुको मिलेमतोमा संचालित मिटरब्याजी अपराध निर्मुल गर्नुपर्ने जोड्दार माग गरिएको छ । तीन महिना भित्र गणतन्त्र यताका वडाध्यक्ष देखि मुख्यमन्त्री सम्मका सम्पत्ती छानबिन तथा जनप्रतिनिधिहरुको तलब भत्ता खारेज गर्नुपर्ने जस्ता अपरिहार्य मागहरु ज्ञापन पत्रमा उल्लेख गरिएका छन् ।
पार्टीका ६ नम्बर प्रदेश संयोजक कमरेड सङ्गमको नेतृत्वमा गरेको टोलिले ज्ञापनपत्र बुझाए लगत्तै आएर चर्को शुल्क घटाउन माग गर्दै सिटिइभिटी सुर्खेतको कार्यालय घेराउ गरेको छ ।






























