क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले काठमाडौंमा ग¥यो मशाल जुलुस प्रदर्शन (फोटोफिचर)

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले काठमाडौंमा ग¥यो मशाल जुलुस प्रदर्शन (फोटोफिचर)

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले काठमाडौंमा मशाल जुलुस प्रदर्शन गरेको छ । पार्टीको काठमाडौं जिल्ला संगठन समितिको आयोजनामा मशाल जुलस प्रदर्शन गरिएको हो । नरदेवी आयुर्वेदिक हस्पिटलबाट सुरु भएको मशाल जुलुस किलागल, भेडासिंह, जनबहाल, असन हुँदै भोटाहिटीमा आएर समापन गरिएको थियो ।

प्रधानमन्त्री प्रचण्डले गरेको राष्ट्रघात, नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरण, मिटरब्याजी, महंगी लगायत समग्र राष्ट्रियता, जनतन्त्र र जनजीविकाका मुद्दाहरुलाई लिएर विरोध प्रदर्शनस्वरुप क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले मशाल जुलुस प्रदर्शन गरेको हो ।