असारे गीत

असारे गीत

साताको साहित्य : गीत
………
मनको भाका झरीले ढाक्यो आकाश बोल्दैन
असारे गाभो नरोपेसम्म, मङ्सिर भित्रन्न
सक्दैनन् भन्न लौन के भयो बोली नै हरायो
उत्साह जसले खोसेर खान्छ,असार दुखायो ।
…………
असारे भेल सुक्दै गो भाइ, छितिज अँध्यारो !
चैतन्य फूल नफक्रेसम्म, हट्दैन अँध्यारो
सधैं पो हुन्छ दाइँ पनि यता, कता गो मंसिर
किसानमारा साढेंका राजमा आउन्न मंसिर ।
……
अरूकै बीउ,अरूकै रोपो,अरू कै दाइँ रजाइँ
अरूकै लाभ,अरूकै आदेश कठपुतल रजाइँ
न आफ्ना ओैजार, न मल बिउ,अरूकै नर्तकी
दासता नाटक अनौठो हुन्न ,पुजिन्छ पातकी !
……