रवि पाण्डेय
दाङ – क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपालले जिल्लाहरुमा एकता अधिबेशन प्रशिक्षण तथा बैठक शुरु गरेको छ ।
प्रदेश पाँच संगठन समितिको हालै सम्पन्न एकता अधिबेशन पछि जिल्ला जिल्लामा एकता अधिबेशन शुरु गरिएको केन्द्रीय कार्यालय सदस्य तथा प्रदेश ईञ्चार्ज प्रमोदले जानकारी दिनुभयो । उहाँका अनुसार सो क्रममा दाङ जिल्ला संगठन समितिको एकता अधिबेशन प्रशिक्षण तथा बैठक बुधवार भब्य रुपमा सम्पन्न भएको छ । अधिबेशनले बिरेन्द्र, संयोजक र नवीन, सहसंयोजक रहेको ७५ सदस्सीय जिल्ला संगठन समिति गठन गरेको उहाँले जानकारी गराउनुभयो ।
केन्द्रीय महाधिबेशन आयोजक समितिका सदस्यहरु सम्मिलित जिल्ला कार्यालय , १७ सदस्सीय जिल्ला सचिवालय समेत गठन भएको क्रान्तिकारी कम्युनिष्ट पार्टी दाङले जनाएको छ ।
कार्यक्रममा क्रान्तिकारी कम्युनिष्ट पार्टीका केन्द्रीय कार्यालय सदस्य प्रमोद, सचिवालय सदस्य तथा प्रदेश संयोजक अटल सचिवालय सदस्य तथा प्रदेश सहसंयोजक समीर र सचिवालय सदस्य तथा रुपन्देही ईञ्चार्ज तिलकले राजनैतिक बैचारिक प्रशिक्षण दिनुभएको थियो ।
तत्कालीन नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत) बीचको एकतालाई जिल्लास्तरमा एकता अधिवशेन मार्फत् पूर्णता दिइएको हो । प्रदेश पाँचका सबै जिल्लाहरुमा साउन पहिलो साता सम्म जिल्ला एकता अधिबेशन सम्पन्न गर्ने योजना सहित कार्यक्रम शुरु गरिएको सहसंयोजक समीरको भनाई छ ।





























