नेपाल र यहाँका दलाल सरकारहरु !

नेपाल र यहाँका दलाल सरकारहरु !

१) दलालहरु देशभक्त हुँदैनन्

हालै नेपालका प्रधान मन्त्रीको भारत भ्रमण भएको थियो । उनको भारत भ्रमणको पूर्व–संध्यामा भारतको नव–निर्मित भवनमा नेपालको लुम्बिनी र कपिलबस्तु क्षेत्रलाई अखण्ड–भारतको नक्सांकनभित्र पारिएको थियो । दोस्रो, भारत जानु पूर्व–संध्यामा विधिप्रक्रिया नपुर्‍याई नेपालको राष्ट्रपतिले विवादित (पूर्व–राष्ट्रपतिले प्रमाणीकरण नगरेको) नागरिक विधेयक प्रमाणीकरण गरेको थियो । तेस्रो, प्रधान मन्त्री दाहालले भारतसँग मूलत : जलविधुतसँग सम्बन्धित सात बुँदे संझौंता गरेका छन्, जस्ले अरुण–१ र कर्णाली–फुकोट भारतलाई सुम्पने काम गरेकोछ । चौथो, कालापानी,लिम्पिया धुरा,लिपुलेक लगायतका सीमा मिचिएको बिषयमा कुरो उठाइएन,बरु त्यसको विकल्प वंगालादेश सँगको बाटो खोलिएको भनियो । पाचौं, इपिजीको प्रतिवेदनबारे भारतीय प्रधान मन्त्री समक्ष कुरो उठाइएन, त्यसो गरेको भए वातावरण विग्रने थियो भनियो । र,छैटौं, भारतका एक अर्ब हिन्दुलाई खुसी पार्न गेरु बस्त्र घारण गरी जोगीको अगाडि लम्पसार परे । यो भन्दा देशघात, राष्ट्रिय आत्म समपर्णवाद साँस्कृतिक पतन अरु के हुन्छ ? तर इतिहास के छ भने देशघात, राष्ट्रिय आत्मसमर्पणवाद र साँस्कृतिक पतनको यो पछिल्लो कडी मात्र हो, यसभन्दा अघि यसप्रकारको घटनाहरु धेरै भएका छन् । गुप्ता साम्राज्यको दवाबमा लिच्छवि शासनले आयतित हिन्दुधर्म र हिन्दु राजतंत्र भित्र्याएको थियो भने मल्लकालमा पशुपतिलाई गोरु साँडे चढाएर हिन्दु अधिराज्य चलाएको, पृथ्वी नारायण शाहले अंग्रेजको सहयोगमा काठमाण्डौं उपत्यका लगायत धेरै आदिवासी भूमिहरु हरण गरेको, राणा शासन अंग्रेजकै गुलामीमा टिकेको पञ्चायतले भारतलाई कालापानी, लिपुलेक, लिम्पियाधुरा, आदि भूमि बुझाएर राज गरेको र संसदवादीहरुले कोशी, गण्डकी, महाकाली लगायत नदी–खोलाहरु व्ेच्दै आएकाछन् । यहीकामको निरन्तरता वर्तमान प्रधान मन्त्रीले गरेका हुन । त्यसो नगरिए मालिकको वक्रदृष्टि उनको जागीरमाथि पर्नेछ । त्यसैले यो उनको निम्त चानचुने विषय होइन ।
२) दलालहरु विकासवादी होइनन्, कमिशनखोर हुन ।
नेपाल सरकारले आ.व.०८०।०८१ के लागि १७ खर्व ५१ अर्ब ३८ करोडको बजेट संसदमा पेश गरेकोछ । यो बजेटको ११ खर्ब ४१ अर्ब ७८ करोड (अर्थात कुल बजेटको ६५.२० प्रतिशत) चालुखखर्चतर्फ (अर्थात कर्मचारी, संसद, सामाजिक सुरक्षा, आदि) छुट्याइएको छ । पुँजीगतखर्चतर्फ (विकासतर्फ) ३ खर्ब २ अर्ब ७ करोड (अर्थात कुल बजेटको १७.२६ प्रतिशत छुट्याइएको( छ । पुँजीगतखर्चमध्यबाट प्रत्यक संसदलाई ५ करोडको दरले जम्मा ८ अर्ब २५ करोड छुट्याइएकोछ चालु बर्षको राजश्वले नपुग्ने भएकोले चालुखर्चतर्फ विदेशी ऋण समेत लगाउन परेको कारणबाट पुँजीगतखर्च कम गरिएको देखिन्छ । पुँजीगतखर्च कम हुनु (१७.२५ प्रतिशत) भनेको विकासमा लगानी नगर्नु हो । विकासमा लगानी बढाउँदा स्वदेशी उत्पादनमा बृद्धि हुन गई विदेशी उत्पादनबाट आउने कमिशन घट्न जान्छ । तसर्थ दलालहरु विकासवादी हुदैनन् । हाम्रो देशको बजेट पञ्चायतको पछिल्लो कालदेखि नै साम्राज्यवादी/विस्तारवादको नवउदारवादी नीति र स्वार्थमा आधारित रहँदै आएको हुनाले यो विकासवादी छैन, नेपाली जनताको हितमा छैन र महामन्दीको कारण हुने आसन्न संकटको सामना गर्न सक्तैन ।
३) भ्रष्टचारी ब्यबस्था
नेपालको संसदीय पार्टीको ब्यक्तिगत खर्चमा निर्वाचन लड्ने अबस्था हो । पार्टीको घोषणापत्रले काम गर्दैन र अर्थ पनि राख्तैन तर ब्यक्तिले गर्ने ‘भनि, मस्सल र मदिरा’को चलखेलले काम गर्छ, अर्थ राख्छ । ठूलो रकम लगानी गरेर सांसद,मन्त्री बने पछि उनीहरुको मुख्य धन्दा राज्य दोहन गर्ने,कमिशन खाने र भ्रष्टचार गर्ने नै हुन्छ । हरेक बर्ष महालेखाले लिखित रुपमै भ्रष्टाचारको विवरण सार्वजनिक गरेको हुन्छ, अन्य भ्रष्टचारको समाचार पनि आइरहेकै हुन्छ तर तिनको कारबाही हुँदैन । किन भने संसदीय ब्यवस्थाको चारैअंग (न्याय,राजनीति, प्रशासन,सुरक्षा) भ्रष्ट छन् । तर अहिले देखा परेको नक्कलै भुटानी शरणार्थी प्रकरण भने भ्रष्टचारको अत्यन्तै नागो रुप हो । यो अमेरिकासँग जोडिएको घटना प्रकरण हुनाले ढाकछोप गर्न नसकेर सार्वजनिक भएको हो । यो घटनाले प्रजातंत्रवादी र कथित कम्युनिष्ट हुँ भन्ने तत्वहरुको भ्रष्टचारको नराम्रो पोल खोलिदिएको छ । समाजवादको नारा दिने पुँजीवादको (निजी सम्पत्ति) रक्षा गर्ने संसदीय ब्यवस्था नीतिगतरुपमै भ्रष्टचारी ब्यवस्था हो । यसका खेलाडीहरु सबै भ्रष्ट छन् ।
४) पुनरुत्थानवादी तत्वहरु र नयाँ साम्राज्यवादी दलालहरु
ऋाज देशमा भैष्ट संसदीय यथास्थितिवादी राजनीतिक दलालहरुका कारण संसदीय ब्यवस्था नै संकटोन्मुख बनेको छ । जनता यो प्रतिकृयावादी ब्यवस्थाको विकल्पको खोजीमा छन् । यो अबस्थालाई भजाउन पुनरुत्थानवादी तत्वहरुले विद्यमान गणतंत्र र धर्मनिरपेक्षताको विकल्पमा रातंत्र र हिन्दु राज्यको नारा दिन थालेका छन् । भारतमा सत्तारुढ भाजपाको हिन्दुत्ववादी उक्साहटमा यी तत्वहरुले राजतंत्र र हिन्दुधर्मको पक्षमा जोडढदार वकालत गरेकाछन् । नेपाली काग्रेसमा पनि एकथरी हिन्दु राज्यको पक्षमा देखिएकोछ । कथित कम्युनिष्ट एमालेका नेताले पनि ठोरीमा राममंदिर बनाएको पशुपतिमा सुनको जलहरी (राष्ट्र बैंकको रकमबाट) चढाएका छन् भने अर्का नामधारी माओवादीका नेताले भारतमा गेरुवा बस्त्र धारण गरी मंदिरको जोगीको चरणमा परेको र काठमाण्डौंमा क्याबिनेटका पुरै मंत्रीहरु ल्गेर पशुपतिको आशिरवाद लिएका छन् । नयाँ दिल्लीको हिन्दुत्ववादी मिशनबाट नेपालको सार्वभौमिकता कतिसम्म गल्न लागेको रहेछ भन्ने यी अपूर्ण उदाहरणहरु हुन ।
ऋर्कोतर्फ, संसदका ठूला दलका नेताहरुको हविगत देखेर नेपाली जनता निरास भएको र विकल्पको खोजी गरेको अवस्थालाई हातपार्न अमेरिकी साम्राज्यवादका दलालहरु ‘नयाँ जोगी’ बनेका छन् र पुराना संसदवादी दलालहरुको विकल्पको रुपमा आफुलाई पेश गर्दैछन् ।
५) अग्रगामी परिवर्तनको दिशा
देशका राजनीतिको यस्तो अवस्थाको अग्रगामी परिवर्तन कसरी हुन्छ ? नेपाली जनताले सदैव परिवर्तन र अग्रगमनको पक्षमा साथ दिदै आएका छन् । राणा शासनको विरुद्ध २००७ सालको जन आन्दोलन, पञ्चायतको विरुद्ध २०४७ सालको जनआन्दोलन र राजतंत्रको विरुद्ध २०६२।०६३को जनआन्दोलन नेपाली जनतालेगरेको अग्रगमनको पक्षधर आन्दोलन हुन । तर राजनीतिक परिवर्तनहरु भए पनि गोर्खा राज्यको विस्तारदेखि नै नेपालमा ब्राह्मणवादी अर्ध–संस्कृति एउटै रहिआएकोछ अर्थात ब्राह्मण सहित उच्च जातका भनिने ब्यक्तिहरु न्ै सत्तामा छन्’ (विश्व पौडेल, हिमाल जेठ २०८०)। यिनीहरु जातिवादका अर्थात यथास्थितिवादका पक्ष पोषक हुन र साम्राज्यवाद/विस्तारवादका दलाली गर्दछन् । यिनीहरुकै कारण मुलुक पछि परेको हो । यिनीहरु डरपोकछन्, मुलुकको रक्षा गर्न सक्तैनन् । अब नेपाली जनताको अग्रगामी शक्ति त्यस्तो विकल्प बन्न सक्नु पर्दछ जस्ले १) नेपालको देशभक्तिको परिचय दिन सकोस, मुलुकको अखण्डता र सार्वभौम सत्ताको रक्ष गर्न सकोस ।
२) स्वाधिन अर्थतंत्र र नेपालको निर्माण गर्न सकोस,, ३) धर्मनिरपेक्ष, जन गणतंत्र र पूर्ण समानुपातिक प्रतिनिधित्व भएको राज्य संरचना बनाउन सकोस । यस्का लागि क्रान्तिकारी विकल्प आजको आवश्यकता हो, जसले जनताको जनवादी राज्यब्यबस्था कायम गदै वैज्ञानिक समाज हुँदै साम्यवादतर्फको यात्रा तय गर्न कम्मर कसेको होस । नेपालीलाई भारत रिसाउँछ कि भनेर उडाउने प्रधानमन्त्री भारतीय जासुसले धम्काउँदा धम्किने प्रधानमन्त्री र भारतीय प्रधान मन्त्री समक्ष आफ्नो कुरो राख्ता ‘वातावरण’ विग्रन्छकि भनेर डरछेरुवा प्रधान मन्त्री चाहिएको होइन । नेपालीलाई घोडे जात्रा देखाउन, शिवरात्रीमा बन्दुक पड्काउन र दशै–पूmलपातीका दिन हर्ष बढाई गर्न धार्मिक सिपाही चाहिएको छैन । नेपालीलाई चाहिएको नेपाली जनताको अग्रगामी नेतृत्व दिन सक्ने राजनेता र परिआउँदा शत्रुदेशसँग भिड्न सक्ने सेना हो । त्यस्तो राजनीति र त्यस प्रकारको सेना निर्माण आजको आवश्यकता हो । त्यस्तो अग्रगामी विकल्प दिन सक्ने क्रान्तिकारी पार्टी बनाउन अव सोच्ने बेला भएन र !!
२०८०।०२।३१