काठमाण्डौ – क्रान्तिकारी पत्रकार महासंघ केन्द्रीय समितिले बिज्ञापन बोर्डले संचारमाध्यमलाई दिदै आएको लोककल्याणकारी बिज्ञापनको रकम कटौतीको परिपत्र गरेको प्रति बिरोध जनाएको छ ।
महासंघका महासचिव रवि पाण्डेयले एक प्रेस बिज्ञप्ति जारी गर्दै छापा तथा बिद्युतीय संचारमाध्यमलाई सरकारले दिदै आएको लोककल्याणकारी बिज्ञापन वापतको रकम कटौतीले साना लगानीमा संचालित स्वरोजगारमुखी संचारमाध्यमलाई थप आर्थिक संकट पार्ने जनाएको हो । महासचिव पाण्डेयद्वारा हस्ताक्षरित बिज्ञप्तिमा छापा तथा बिद्युतीय संचारमाध्यमले पाउदै आएको सुबिधा कटौती गर्ने नभई आर्थिक संकटका बेला थप राहत प्याकेज घोषणा गर्न माग गरिएको छ । नेपाली प्रेस जगतलाई तेजोबध गर्ने कुत्सित मानसिकताबाट बिज्ञापन रकम कटौती भएको महासंघले ठहर गरेको छ । ‘बर्तमान आर्थिक संकटको घडीमा सयौं समयहरुसंग जुधेर अहोरात्र खटिरहेका साना लगानी तथा स्वरोजगारमुलक संचारमाध्यम र ती संचारमाध्यममा आबद्ध पत्रकार एंव कर्मचारीहरुको रोजिरोटी खोसिने गरी भएको यस कार्यप्रति क्रान्तिकारी पत्रकार महासंघ घोर भत्र्सना एंव निन्दा गर्दछ । ‘– जारी बिज्ञप्तिमा उल्लेख छ ।
उक्त बिज्ञप्तिमा थप भनिएको छ – ‘एकातिर राज्यका बिभिन्न तहमा भएका सुचना सन्देश तथा बिज्ञापानलाई भेदभाव तथा मनोमानी तवरले वितरण गर्ने र अर्काेतर्फ बजेट अभाव देखाउदै लोककल्याणकारी बिज्ञापन प्रकाशनमा समेत अकुंश लगाउने रवैयाले संचारक्षेत्रलाई थप मर्माहत बनाएको छ ।’
































