नागरिकता विधेयक प्रमाणीकरण नगर्न राष्ट्रपतिकोमा ज्ञापन पत्र बुझाइयो

नागरिकता विधेयक प्रमाणीकरण नगर्न राष्ट्रपतिकोमा ज्ञापन पत्र बुझाइयो

२८ बैशाख काठमान्डौ ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल र नेपाल कम्युनिस्ट पार्टी (मशाल)का प्रतिनिधीमण्डलव्दारा नागरिकता विधेयक प्रमाणीकरण नगर्न राष्ट्रपति रामचन्द्र पौडेलकोमा ज्ञापन पत्र बुझाइएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेललाई सम्वोधन गरी लेखिएको ज्ञापन पत्रमा पूर्व राष्ट्रपतिबाट प्रमाणीकरण नगरिएको विधेयकवारे वर्तमान राष्ट्रपतिबाट त्यसउपर परामर्श थालिएकोमा त्यसवारे विरोध जनाउदै उक्त ज्ञापन पत्र बुझाइएको हो ।्
ज्ञापन पत्रमा किन राष्ट्रपतिबाट प्रमाणीकरण नगर्ने त्यसका आधारहरुलाई र उक्त विधेयकमा देखिएका ञुटीहरुलाई स्पष्टसँग औल्याएकोछ । ज्ञापन पत्रको पूर्ण पाठ निम्न छ :
                                                                                                                                                 मिति : २८ बैशाख २०८०
सम्माननीय राष्ट्रपतिज्यू,
राष्ट्रपतिको कार्यालय, सितलनिबास,काठमाण्डौ ।
                                                                                     बिषय: ज्ञापन पत्र ।
सम्माननीयज्यू,
१. नेपाल नागरिकता ऐन २०६३ लाई प्रथम संशोधन गर्ने विधेयक पूर्व राष्ट्रपतिज्यूबाट प्रमाणीकरण नगरिएकोमा हाल त्यसउपर सम्माननीय ज्यूबाट परामर्श थालिएकोमा सो विधेयक प्रमाणीकरण नगरियोस् भनी हार्दिक अनुरोध गर्दछौं ।
सम्मानीयज्यू,
२. पूर्व राष्ट्रपतिज्यूबाट प्रमाणीकरण नगरिएको विधेयक अब पनि प्रमाणीकरण गर्नु नहुने गर्दा निम्नलिखित आधार छन् :–
(क) यो विधेयक नेपालको संविधानबमोजिम राष्ट्रिय हित विपरित छ । यो विधेयकले मुलुकको स्वाधीनता, स्वतन्त्रता र सार्वभौम अस्तित्व माथि नै प्रश्न उत्पन्न गराउँदछ ।
(ख) यो विधेयक प्रमाणीकरण गर्ने कुनैपनि संवैधानिक बाटो छैन । तसर्थ यो विधेयक प्रमाणीकरण गर्नु असंवैधानिक हुन्छ ।
(ग) त्यो विधेयकको अस्तित्व समाप्त भई निष्क्रिय अवस्थामा पुगेको हुनाले त्यसलाई नै सक्रिय गराउने कुनै पनि संवैधानिक बाटो छैन ।
(घ) राष्ट्रपतिलाई विधेयक प्रमाणीकरण गर्न दिनुमा विधायिकाले गरेका त्रुटिहरुलाई रोक्नु पनि हो । यस सम्बन्धमा सम्माननीय राष्ट्रपतिज्यूलाई स्मरण रहोस् कि सिक्किम भन्ने राज्यको अस्तित्व समाप्त त्यहाँको संसदले नै गरेको थियो । तसर्थ संसदले पारित गरेका सबै विषय ठीक हुन्छन् भन्ने हुँदैनन् ।
३. उक्त विधेयकमा निम्नलिखित त्रुटिहरु छन् :
(क) जन्मको आधारमा नेपालको नागरिकता प्राप्त गरेका बाबु आमाका सन्तानलाई निशर्त नेपालको वंशजको आधार प्रावधान त्रुटिपूर्ण छ । यसले बंशजको आधारमा नागरिकता प्राप्त गरेको व्यक्तिले नेपालको संविधानको धारा १८९ बमोजिम संबैधानिक प्रमुख हुने अधिकार अंगिकृत तथा जन्मसिद्ध नागरिकले उपभोग गर्र्ने समस्या पैदा हुुन्छ ।
(ख) नेपाली पुरुषले विदेशी महिलासँग विवाह गर्ने वित्तिकै नेपाली नागरिकता दिने प्रावधान खारेज गर्नु पर्छ । अंगिकृत नागरिकता दिन न्यूनतम ५ बर्षको समयसीमा निर्धारण गर्नु पर्दछ ।
(ग) नेपाल नागरिकता ऐन, २०६३ को दफा ५ (२) मा रहेको “निजको नेपालमा जन्म भई” भन्ने वाक्यांश झिक्न गरिएको प्रस्ताव नेपालको राष्ट्रिय हित विपरित छ ।
(घ) यो विधेयकले बास्तविक नेपाली नागरिकहरुले नेपाली नागरिकता प्राप्त गर्न नपाएको समस्या समाधान गर्दैन । त्यसकारण देशका भूमीहिन दलित तथा सिमान्तिकृत जनताले नागरिकता पाएका छैनन् । नेपालीले सहज नागरिकता पाउने व्यवस्था गर्नु पर्दछ ।
प्रतिनिधि मण्डल
१. धर्मेन्द्र बास्तोला प्रवक्ता, क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल
२. सी.पी. गजुरेल कार्यालय सदस्य, , , , ,
३. सन्तबहादुर नेपाली महासचिव, नेपाल कम्युनिस्ट पार्टी (मशाल)
४. चिन्तामणि पौडेल पोलिट्व्यूरो सदस्य , , , ,