जिउँदो सहिद भनेर चिनिने दोस्रो जनआन्दोलनका घाइते मुकेश कायस्थको निधन

जिउँदो सहिद भनेर चिनिने दोस्रो जनआन्दोलनका घाइते मुकेश कायस्थको निधन

बनेपा । दोस्रो जनआन्दोलनमा घाइते भइ उपचाररत काभ्रेका मुकेश कायस्थको निधन भएको छ । ‘जिउँदा शहीद’ भनेर चिनिने कायस्थको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचारको क्रममा बुधबार साँझ निधन भएको हो । ३२ वर्षको उमेरमा उनको साँझ ७ः३० बजे निधन भएको हो ।

२०६२÷६३को जनआन्दोलनको क्रममा २०६२ चैत २७ गतेको आन्दोलनमा १४ वर्षीया मुकेशको शिरमा सुरक्षाकर्मीको गोली लागेको थियो । त्यसपछि निरन्तर अस्पतालमा रहदैँ आएका मुकेश पछिल्लो समयमा भने स्वास्थ्यमा सुधार हुदैँ आएको थियो । उनी पछिल्लो समयमा हाँस्न, इशारा गर्ने र ह्विल चेयरमा बस्न सुरु गरेका थिए ।

आज उनको अन्त्येष्टी गरिने कायस्थ प्रतिष्ठानका अध्यक्ष हिरा शर्मा नेपालले जानकारी दिएका छन् ।