काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालमा आबद्ध दुईवटा क्रान्तिकारी किसान सङ्गठनले किसानलाई अविलम्ब मल–बिउ उपलब्ध गराउन आह्वान गर्दै समयमै मल–बिउ उपलब्ध नगराइए सङ्घर्ष गर्ने चेतावनी दिएका छन् । अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) का सीताराम तामाङ र अर्को किसान संगठनका अध्यक्ष हरि श्रेष्ठले संयुक्त हस्ताक्षरमा जारी गरेको प्रेस विज्ञप्तिमा किसानको मुख्य बर्खे बालीलाई आवश्यक मल र हिउँदे बालीका लागि बिउको अभाव भएकाले यसलाई तत्काल उपलब्ध गराउन जोडदार माग गर्दै तत्काल मल बिउको व्यवस्था नगरे संघर्षमा उत्रने चेतावनी दिइएको हो ।
विज्ञप्तिमा रासायनिक मल खरिद गर्दा भएको घोटाला छनबिन गरी कारबाही अगाडि बढाउन, समयमा किसानलाई मल आपूर्ति गर्न रासायनिक मल कारखाना नेपालमा नै स्थापना गर्न, बाहिरबाट मल खरिद गर्दा खुला प्रतिस्पर्धामा गरिएको आवेदन (ग्लोबल टेन्डर) खारेज गरी सरकार–सरकार (जी टु जी ) माध्यमबाट मात्र मल खरिद गर्न पनि आह्वान गरिएको छ । विज्ञप्तिमा किसानलाई तत्काल मल–बिउ उपलब्ध गराउन आह्वान गर्दै अन्यथा सम्पूर्ण किसान आन्दोलमा उत्रने र मल–बिउमा कालोबजारी भएको पाइएमा सडकबाट कारबाही गर्ने चेतावनी पनि दिइएको छ । श्रेष्ठ पूर्व नेकपा ९बहुमत० निकट र तामाङ पूर्व नेकपा ९क्रान्तिकारी माओवादी० निकट किसान सङ्गठनका अध्यक्ष हुन् । दुई पार्टीबीच एकता भएर क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल बने पनि जवस र मोर्चाहरूका बीचमा एकता प्रक्रिया जारी रहेकाले दुवै सङ्गठन अस्तित्वमा छन् ।
बैशाख २३ मा जारी विज्ञप्तिको पूर्ण विवरण यसप्रकार रहेको छ :
“आज नेपाली किसान विभिन्न समस्याले गुज्रिएको अवस्था छ । किसानसँग उत्पादन गर्ने जमिन छैन । उत्पादनका लागि आवश्यक कच्चा पदार्थ मल, बिउ, सिँचाइ छैन । उत्पादन गरेको कृषि उपज वस्तुको बजार छैन । यसप्रति यो राज्य किसानको समस्या हल गर्नभन्दा बिचौलिया भूमाफिया, दलाल र विदेशी उत्पादन भित्र्याउन लागिपरेको छ । अहिले नेपालमा दलाल पुँजीवादले आफ्नो अस्तित्व जमाउन श्रमजीवी किसानमाथि ज्यादती बढाइरहेको छ । किसानले समयमा मल पाउँदैनन् । कृषि उत्पादनले बजार सुनिश्चित छैन । बिचौलिया र दलाल संसदीय व्यवस्थाको सहकार्यमा विदेशी सामान भित्र्याउने र नेपाली कृषकलाई बजार वञ्चित गर्ने गरेको छ । नेपाली किसानले उत्पादन गर्न चाहिने कच्चा पदार्थ राज्यले मल, बिउ, सिँचाई नहँुदा र नेपाली किसानलाई उपलब्ध नगराउँदा लागत मूल्य महँगो पर्न गएको छ । यसमा पनि विश्व खाद्य सङ्गठनको सदस्य हुनाले विश्व बजारसँग प्रतिस्पर्धा गर्नुपर्ने अवस्था छ । यसमा नेपाल सरकारको कुनै चासो छैन । उल्टै किसानलाई निरुत्साही बनाउने बिचौलिया र दलाल पुँजीवादको जगेर्ना गर्न यो दलाल संसदीय व्यवस्थाद्वारा सञ्चालित सरकार लागेको पाइएको छ । मल खरिद गर्दा कालोबजारी गरी अर्बौ घोटाला हुँदा यो राज्य मूकदर्शक भई बसेको छ भने रासायनिक मल किन्ने कृषि सामग्री कम्पनी लि रासायनिक मल खरिद गर्दा पटकपटक विवादमा तानिँदा पनि राज्य यसमा गैरजिम्मवार भई बसेको र सम्बन्धित निकायलाई कारबाही गर्न छोडेर उल्टै जगेर्ना गर्न लागेको देखिएको छ । यसको मूल समस्या राज्य नै दलालसँग मिलिरहेको छ भने विदेशी गुलाम बनी नेपाली किसानलाई निरुत्साही बनाउन लगेको पाइएको छ । यसप्रति हामी गम्भीर आपत्ति जनाउन चाहन्छौँ ।
यसै क्रममा हाल नेपाली किसानले रासायनिक मल पर्याप्त नपाएको बेला राज्यले मलमा दिइँदै आएको अनुदान कटाउने वा अनुदानमा मल खरिद गर्न आवश्यक रकम पर्याप्त नदिँदा नेपालमा मलको कृत्रिम अभाव उत्पन्न गराएर कालोबजारीलाई प्रश्रय दिने गरेको पाइएको छ । किसानलाई रासायनिक मल आवश्यक परेको बेला समयमा उपलब्ध नगराउने, बजारमा कृत्रिम अभाव खडा गरी कालोबजारीबाट मल वितरण गर्नेजस्ता समस्या देखापरेका छन् । हिउँदे बाली, बर्खे बालीलगायत अति आवश्यक परेको बेला मल नदिने गरेको छ । यसै क्रममा अहिले किसानको मुख्य बर्खे बालीलाई आवश्यक मल र हिउँदे बालीका लागि बिउको अभाव भएकाले यसलाई तत्काल उपलब्ध गराउन हामी जोडदार माग गर्दछौँ । साथै रासायनिक मल खरिद गर्दा भएको घोटाला छनबिन गरी कारबाही अगाडि बढाउन, समयमा किसानलाई मल आपूर्ति गर्न रासायनिक मल कारखाना नेपालमा नै स्थापना गर्न, बाहिरबाट मल खरिद गर्दा खुला प्रतिस्पर्धामा गरिएको आवेदन ९ग्लोबल टेन्डर० खारेज गरी सरकार–सरकार (जी टु जी ) माध्यमबाट मात्र मल खरिद गर्न आह्वान गर्दछाँै । किसानलाई तत्काल मल–बिउ उपलब्ध गराउन आह्वान गर्दछौँ । अन्यथा मल–बिउ समयमा उपलब्ध नगराइएमा सम्पूर्ण किसान आन्दोलमा उत्रने र मल–बिउमा कालोबजारी भएको पाइएमा सडकबाट कारबाही गर्न यसै विज्ञप्तिमार्फत चेतावनी दिइन्छ । यसको जिम्मेवार सम्बन्धित निकाय हुनेछ ।छलफल गरेका थिए । उनले कसैलाई चोख्याउने र कसैलाई दण्डित गर्ने नियत राखिएको भन्दै सरकारको आलोचना गर्दै आएका छन् ।