१३४औ मई दिवसको अवसरमा विश्वका क्रान्तिकारी कम्युनिस्ट पार्टीहरुको संयुक्त वक्तव्य

१३४औ मई दिवसको अवसरमा विश्वका क्रान्तिकारी कम्युनिस्ट पार्टीहरुको संयुक्त वक्तव्य

१३४औ मई दिवसको अवसरमा नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत)लगायत विश्वका क्रान्तिकारी कम्युनिस्ट पार्टीहरुले संयुक्त वक्तव्य प्रकाशित गरेका छन् । वक्तव्यको पूर्ण पाठ निम्नअनुसार छ ः

विश्वका सर्वहारा र उत्पीडित जनता, एक होऔं !
मई १
साम्राज्यवाद, प्रतिक्रियावाद, दुर्गति र युद्धका विरुद्ध !
विश्वभर सर्वहारा र समाजवादी क्रान्तिको लागि ! !
मई १ विश्वका श्रमजीवी वर्ग र शोषित जनता एउटै अन्तर्राष्ट्रिय वर्गका रूपमा विश्व पुँजीवादी शोषणका विरुद्ध हरेक देशका चोकचोकमा भरिने दिन हो । यो दिन मजदुर र जनसमुदायले उत्पीडित देशहरूमा पुँजीवादी व्यवस्था र साम्राज्यवादी शासनको पर्दाफास गर्ने, सहयोगी ट्रेड युनियन सङ्गठनहरू र शोषकहरूसँग वर्गीय मेलमिलापको महिमागान गर्ने, श्रमिक–विक्रेता दलहरूको विरोध गर्ने, श्रमिकहरुको मजदुरी शोषणको विरोध गर्ने र नाफा तथा सम्पत्ति जम्मा गर्ने साम्राज्यवादका ठुला एकाधिकारीहरुको विरोध गर्ने दिन हो ।
अत्यावश्यक वस्तुको मूल्य विगत ४० वर्षयताकै उच्च हुन पुगेको छ, मजदुर वर्गको वास्तविक ज्याला झनै घटेको छ; सबै प्रमुख उद्योगहरूमा बेरोजगारी र श्रमशक्तिको संकुचन नाटकीय रूपमा बढ्दै गएको छ र विगत १० वर्षमा विश्वको ९९% सम्पत्ति १% पुँजीपतिको कब्जामा पुगेको छ । वातावरण तथा प्रकृतिको पुँजीवादी विनाशले पैदा गरेको प्राकृतिक प्रकोपको तीव्रताका कारण सामाजिक असमानता विश्वका जनताका लागि भयानक त्रासदीमा परिणत भएको छ ।
पुँजीवाद भनेको पुँजीको संचय, नाफा र श्रमजीवी वर्गमा शोषणको व्यवस्था हो; पुँजीवादी प्रणाली सामूहिक उत्पादन र निजी स्वामित्वमा आधारित हुन्छ र यही अन्तर्विरोधका कारण पुँजीवादको पतन अनिवार्य छ । माक्र्सले औंल्याउनु भए झैँ पुँजीले टाउकोदेखि खुट्टासम्म हरेक छिद्रबाट रगत र फोहोर बगाउँछ र मजदुर वर्गको मुक्तिको एकमात्र बाटो भनेको पुँजीवादी व्यवस्थालाई सबै तरिका र आवश्यक बलद्वारा नष्ट गर्नु हो ।
इतिहासको चालक शक्ति वर्गसंघर्ष हो भनी कार्ल माक्र्स र कम्युनिस्टहरूले पुष्टी गरेका छन् । एकातिर आज विश्वले साम्राज्यवाद ऐतिहासिक संकटमा रहेको अवस्थाको सामना गरिरहेको छ र साम्राज्यवादले सर्वहारा तथा जनसमुदायसँग डराएर सङ्घर्षको दमन गरिरहेको छ भने अर्कोतर्फ सर्वहारा तथा कम्युनिस्ट संगठनहरू; सर्वहारा वर्ग एवम् जनसमुदाय साम्राज्यवादी तथा प्रतिक्रियावादी सरकारहरू, पुँजीवादी राज्यहरू र सम्पूर्ण साम्राज्यवादी पुँजीवादी सामाजिक व्यवस्थामाथि प्रश्न उठाउँदै व्यापक सङ्घर्ष र विद्रोहहरूमा संलग्न हुदै आएका छन् ।
म्याक्रोन सरकारको पेन्सन सुधारको विरुद्धमा मजदुर वर्ग र जनसमुदायको लडाकु आन्दोलनले पेरिस तथा अन्य फ्रान्सेली सहरहरूमा कसरी सडक कब्जा गरेको छ भन्ने कुरा सारा संसारले देखिरहेको छ भने बेलायत, जर्मनी, स्विट्जरल्याण्ड आदि देशहरुमा पनि ठुला–ठुुला संघर्षहरू विकसित हँुदै गएका छन् । फ्रान्सेली साम्राज्यवादी राज्यले यी महान् सङ्घर्षहरूलाई दमन गरेर त्यसको जवाफ दिन खोजेको छ ।
तर दमनले आन्दोलन रोकिंदैन, बरु जुझारु संघर्षको विकास गर्नका लागि सर्वहारा वर्ग तथा जनसमुदायको सङ्र्षको आगोमा घिउ खन्याउने काम गर्छ । पुँजीपति वर्ग अब संसद र चुनावबाट शासन गर्न सक्ने अवस्थामा छैन र जनता निर्वाचनबाट वाक्क भइसकेका छन् । सामाजिक प्रगतिमा बाधा पु¥याउने साम्राज्यवादी पुँजीपतिहरू परजीवी वर्ग हुन् यस संसारबाट उनीहरुको अस्तित्व सधैका लागि मेटाउनु पर्छ भन्ने कुरा आज पहिले भन्दा धेरै प्रष्ट भएको छ । ज्याला, रोजगारी, स्वास्थ्य सेवा, जीवनयापन माथि पुँजीपतिहरूको अतिक्रमणको प्रतिरोध गर्ने सर्वहारा वर्ग र जनसमुदायको सङ्घर्ष आफ्नो श्रमको उत्पादन कब्जा गर्नका लागि उत्पादनका साधनहरूमाथि पुँजीपतिको निजी स्वामित्व र विशेषाधिकारको अन्त्य गरी शोषणको कारण नमेटिएसम्म अघि बढ्नुपर्छ ।
संकटबाट पार पाउन साम्राज्यवादले विश्व विभाजनको युद्ध थोपर्दै र विश्व बजारमाथि कब्जा जमाउँदै आएको कुरा इतिहासले देखाएको छ । रुस÷युक्रेन युद्ध रुस र अमेरिका÷नेटो गठबन्धनबीचको साम्राज्यवादी प्रतिस्पर्धाको नतिजा हो, विश्वका अन्य प्रतिस्पर्धामा रुस÷ईयू तथा अमेरिका÷चीनको द्वन्द्व प्राकृतिक स्रोतमाथि एकाधिकार कायम गर्न विश्व विभाजनको द्वन्द्व हो । युद्ध सुरु भएदेखि नै युद्ध उद्योग तथा तेल र ग्याँस कम्पनीहरूको नाफा दोब्बर भएको छ भने मजदुर वर्ग, किसान र जनताको अवस्था झन–झन नाजुक हुँदै गएको छ ।
समाजवाद र साम्यवादको आवश्यकता साम्राज्यवादको संकट तथा विश्वका सर्वहारा र जनताको सङ्घर्षबाट उत्पन्न भएको हो । सर्वहारावादी सङ्र्षहरू, जनता, युवा, महिला, प्रवासीहरूको विद्रोहले नयाँ समाजको निर्माणका लागि प्रतिक्रियावादी शक्तिलाई पन्छाउने र नयाँ शक्ति निर्माण गर्ने एकता, संगठन र नेतृत्वको माग गर्दछ ।
वैश्विक आर्थिक संकटको सामना गर्दै आएका साम्राज्यवादी देशका पुँजीपति वर्ग विश्वको नयाँ विभाजन गर्न अर्को नरसंहारका लागि साम्राज्यवादी युद्धतर्फ अग्रसर छन् । अमेरिका, रुस, चीन, जर्मनी, ग्रेट ब्रिटेन, फ्रान्स, इटाली…, जापान र तिनीहरूका सैन्य गठबन्धनहरू पहिलेदेखि नै उपलब्ध सबै हतियारहरू प्रयोग गर्दै र आफ्ना हतियारलाई अत्याधुनिक रूपमा नवीकरण गर्दै युद्ध उद्योगको ठुलो नाफाका लागि विश्वयुद्धको तयारी गर्दै छन् । विश्वयुद्धको तयारी चलेको बेला उत्पीडित देशका शासक वर्गहरू आफ्नै जनताको स्वार्थ र इच्छाविपरीत आफ्ना साम्राज्यवादी मालिकहरूको सेवामा जुटेका छन् ।
युद्धको विरोध गर्न र युद्ध भडकिए पछि त्यसलाई क्रान्तिकारी युद्धमा परिणत गर्न सक्षम एकमात्र सामाजिक शक्ति सर्वहारा वर्ग हो । साम्राज्यवादी देशहरूमा यस्तो अन्यायपूर्ण युद्धमा सेना तथा हतियारको तैनाथी र सर्वहारा वर्गलाई सेनामा गरिने भर्ती हुनबाट रोक्न आवश्यक छ । साम्राज्यवादद्वारा उत्पीडित देशहरूमा साम्राज्यवाद विरोधी सङ्घर्ष र जनयुद्धलाई तीव्र बनाउनु पर्छ । विश्वका सर्वहारा तथा जनताको एकता र क्रान्तिकारी सङ्घर्षले साम्राज्यवादी युद्धको तयारीलाई र युद्धलाई नै क्रान्तिकारी गृहयुद्धमा बदल्न, साम्राज्यवादी वर्चस्वलाई नष्ट गर्न र पुँजीको शक्तिलाई सबैतिर परास्त गर्न जनताको जनयुद्धमा परिणत गर्न सक्छ ।
विश्वका सबै माक्र्सवादी–लेनिनवादी–माओवादी पार्टी तथा संगठनहरूले वर्तमान साम्राज्यवाद र साम्राज्यवादी युद्धको सङ्कटलाई विश्वभरका सर्वहारा र जनसमुदायको आन्दोलनमा परिणत गरी अर्ध–औपनिवेशिक÷अर्ध–सामन्ती देशहरुमा नयाँ जनवादी क्रान्तिमा र साम्राज्यवादी÷पूँजीवादी देशहरूमा समाजवादी क्रान्तिका बदल्नु पर्दछ ।
साम्राज्यवादी नरसंहारको तयारीका विरुद्ध अन्तर्राष्ट्रियतावादी एकता र सङ्घर्षको उदाहरण प्रस्तुत गर्ने; साम्राज्यवादी युद्ध, प्रतिक्रियावादी युद्ध तथा अन्यायपूर्ण युद्धहरूका लागि सेना र हतियारको तैनाथीका विरुद्ध क्रान्तिकारी सङ्घर्षलाई प्रवद्र्धन गर्न सबै देशहरूमा सर्वहारा र जनसाधारण एकताबद्ध हुने र तिनको समन्वय गर्ने; विशेष गरी अर्ध–औपनिवेशिक तथा अर्ध–सामन्ती देशहरूमा साम्राज्यवादी मालिकहरूलाई सैन्य सहयोग गर्ने आफ्ना शासकका विरुद्ध सबै क्रान्तिकारी, साम्राज्यवाद विरोधी र वास्तविक लोकतान्त्रिक शक्तिहरूसँग साझा मोर्चामा उभिने; सर्वहारा वर्ग र जनताको नाममा साम्राज्यवादी गुटहरू मध्ये कुनै एकलाई समर्थन गर्ने उत्पीडित र शोषित वर्गका शत्रु सुधारवादी, अवसरवादी सामाजिक–जनवादी शक्तिहरूलाई अस्वीकार र पर्दाफास गर्ने; वर्गसङ्र्षलाई तीव्र बनाउन, मजदुरहरूको प्रतिरोध र रक्षाका औजारहरूलाई बलियो बनाउन वास्तविक वर्ग संघर्षहरू अर्थात् मजदुर सङ्घर्षलाई कारखानाहरूमा, उच्चतम शोषणका क्षेत्रमा, ज्याला मजदुरको नयाँ यथार्थमा संगठित गर्ने; राष्ट्रिय उत्पीडनका विरुद्ध क्रान्तिकारी सङ्घर्ष चर्काउने र साम्राज्यवादी देशका सर्वहारा वर्गले ती सङ्घर्षलाई समर्थन गर्ने; आफूले जोतेको जमीनको स्वामित्वका लागि सङ्घर्ष गर्ने किसान जनताको महान् सङ्घर्षलाई समर्थन गर्ने; भेदभाव, असमानता, महिला हत्या तथा बलात्कार, गर्भपतन अधिकारको इन्कार, साम्राज्यवादी देशहरूमा हुने मध्ययुगीन द्वैध उत्पीडन र साम्राज्यवादद्वारा उत्पीडित देशहरूमा सामन्ती दासताविरुद्ध क्रान्तिकारी सर्वहारा आन्दोलनको रूपमा विश्वभरका महिलाहरूको विद्रोह र सङ्घर्ष विकास गर्ने; विशेष गरी साम्राज्यवादी देशहरूमा आप्रवासीहरूको स्वागत, शरणको अधिकार, आवागमनको स्वतन्त्रता, काम गर्ने अधिकार, ज्याला, आवासको अधिकार, समुद्र र जमीनमा हुने हत्याहरू विरुद्धको जुझारु सङ्घर्षलाई तीव्र बनाउने; पुँजीवादी राज्य विरुद्धको क्रान्तिकारी सङ्घर्षको अग्रपंक्तिको रूपमा सङ्गठित गर्न युवा जनसमुदायको विद्रोहमा भर पर्ने; साम्राज्यवाद र प्रतिक्रियावादी शासनको कारागारमा थुनिएका हाम्रा सबै वर्गीय दाजुभाइ तथा दिदी बहिनीहरूको रिहाइका लागि लड्ने काममा अन्तर्राष्ट्रियतावादी एकता र सङ्घर्षको उदाहरण पेसगर्ने काममा कम्युनिस्टहरु अगाडि आउनु पर्दछ । विश्व सर्वहारा वर्गको एकता, सर्वहारा तथा विश्वका उत्पीडित जनताको एकता नै अन्तर्राष्ट्रियवादको सार हो ।
अन्तर्राष्ट्रियतावादका लागि हरेक देशमा मजदुर वर्गले आफ्नो स्वतन्त्र राजनीतिक पार्टी कम्युनिस्ट पार्टी, आजको सन्दर्भमा माक्र्सवादी–लेनिनवादी–माओवादी पार्टीमा संगठित हुनु आवश्यक छ र सबै देशका कम्युनिस्ट पार्टीहरूले एउटा नयाँ कम्युनिस्ट अन्तर्राष्ट्रिय संगठन निर्माण गर्ने उद्देश्यले वास्तविक अन्तर्राष्ट्रिय सम्मेलनमा एकताबद्ध भएर एउटा अन्तर्राष्ट्रिय एकताको निर्माण गर्नुपर्छ । माक्र्सवादी–लेनिनवादी–माओवादी कम्युनिस्टहरू आफूलाई रोक्ने पुराना अनुभवबाट, गल्तीहरूबाट, ऐतिहासिक कमजोरीहरूबाट पाठ सिक्दै नयाँ ऐतिहासिक एकताका लागि अगाडि बढिरहेका छन् ।
हामीले विभिन्न देशहरूका लागि बञ्जर, आदर्शवादी, मनोगतवादी, सैन्यवादी तथा निम्नपूँजीवादी चरमपन्थमा नपरिकन आवश्यक उपयुक्त रणनीति तथा कार्यनीतिहरू र विभिन्न चरणहरूमा सङ्घर्ष सम्हाल्न सक्ने वास्तविक सर्वहारावादी तथा क्रान्तिकारी पार्टीहरू, माक्र्सवादी–लेनिनवादी–माओवादी कम्युनिस्ट पार्टीहरू, मजदुर वर्गका वास्तविक अग्रदस्ता एकाइहरू, निर्माण तथा विकास गर्न र सङ्गठन तथा सङ्घर्षका कानुनी एवम् गैरकानूनी रूपहरू प्रयोग गर्न, जनसाधारणबाट सिक्न र पुरानो एवम् नयाँ रूपको सडेको संशोधनवादबाट मुक्त हुन सक्षम कम्युनिस्ट पार्टीहरु निर्माण गर्नु पर्दछ ।
हामी कम्युनिस्टहरुले व्यापक जनसमुदायको वास्तविक नेतृत्व प्राप्त गर्न र वर्गशत्रु भित्रका अन्तर्विरोधबाट फाइदा उठाउनका लागि विभिन्न देशहरूको स्थिति अनुसार पुँजीवाद विरोधी, फासीवाद विरोधी र साम्राज्यवाद विरोधी संयुक्त मोर्चाको निर्माण गर्न आवश्यक छ ।
हामीले वर्गयुद्ध, क्रान्तिकारी युद्ध, दीर्घकालीन जनयुद्धको विकास गर्न सक्षम सर्वहारावादी सेना निर्माण गर्ने लडाकु शक्तिलाई जन्म दिनु पर्छ ।
साम्राज्यवाद — मुर्दावाद !
समाजवाद तथा साम्यवादका लागि लडौं !
माक्र्सवाद–लेनिनवाद–माओवाद — जिन्दावाद !
सर्वहारा अन्तर्राष्ट्रियतावाद — जिन्दावाद !
हस्ताक्षरकर्ताहरु ः
कम्युनिस्ट वर्कर युनियन (एमएलएम) कोलम्बिया,
कन्सट्रक्सन कमिटी अफ माओइस्ट पार्टी अफ ग्यालिसिया,
माओइस्ट कम्युनिस्ट पार्टी, इटली
कम्युनिस्ट (माओइस्ट) पार्टी अफ अफगानिस्तान,
कम्युनिस्ट पार्टी अफ इन्डिया (माओइस्ट)
कम्युनिस्ट पार्टी अफ नेपाल (बहुमत)
कम्युनिस्ट पार्टी अफ नेपाल (क्रान्तिकारी माओवादी),
रेड रोड अफ इरान (माओइस्ट ग्रुप)
पीबीएसपी वाङ्ग्लादेश,
टर्किस कम्युनिस्ट पार्टी माक्र्सिस्ट–लेनिनिस्ट
बुल्गेरियन वर्कर्स एण्ड पिजेन्ट्स पार्टी,
माओइस्ट रिभोलुसनरी लिग, श्रीलङ्का
रुसी माओवादीहरु