नेपाल दलित मुक्ति मोर्चा पोखरा महानगरपालिका वडा नंम्बर ३३को वडा भेला सम्पन्न

नेपाल दलित मुक्ति मोर्चा पोखरा महानगरपालिका वडा नंम्बर ३३को वडा भेला सम्पन्न

१ बैशाख पोखरा ।
नेपाल दलित मुक्ति मोर्चा पोखरा महानगर पालिका वडा नंम्बर ३३ को वडा भेला मोर्चाका केन्द्रिय फ्याक्शन इन्चार्ज केश वहादुर परियारको प्रमुख आतित्थ्यता, मोर्चाका केन्द्रिय सचिवालय सदस्य एवंम ४ नम्बर प्रदेश संयोजक राम नेपालीको विशेष उपस्थितीमा सम्पन्न भएको छ ।

उक्त भेलाबाट कृष्ण वहादुर बि. क. को संयोजकत्वमा २ जना सदस्यहरु पछि थप गर्ने गरी १३ सदस्यीय वडा कमिटी गठन गरेको छ । सदस्यहरुमा सन्त वहादुर सुनार, डिल वहादुर नेपाली, चन्द्रा परियार, मिनेश बि. क., बल वहादुर बि. क., कमल बि. क., सरोज बि. क., सेती परियार, भिम नेपाली र डिल वहादुर नेपाली हुनुहुन्छ ।