१३ चैत काठमाडौँ ।
मधेश प्रदेशका विभिन्न जिल्लाबाट आएका मिटरब्याजीपीडितहरु र नगर प्रहरीबीच काठमाडौंको खुलामञ्चमा झडप भएको छ ।
करिब सय जनाको संख्यामा सोमबार दिउँसो खुलामञ्च क्षेत्रमा पुगेका मिटरब्याजीपीडितलाई नगर प्रहरीले रोकेका थिए ।
खुलामञ्च छिर्ने गेटमा ताला लगाएर पहरा दिएका नगर प्रहरी र मिटरब्याजीपीडितबीच झडप हुँदा केहीबेर अवस्था तनावपूर्ण बनेको थियो ।

मिटरब्याजीपीडितले काठमाडौं आएर खुलामञ्चमा धर्ना दिन चाहेका थिए । तर काठमाडौं महानगरपालिकाका नगरप्रहरी प्रमुख एसपी राजु पाण्डेसहितको ठूलो टोलीले उनीहरुलाई रोकेको थियो ।































