चैत्र ६, २०७९
पेरिस — पेरिस सेन्ट जर्मेन ९पीएसजी० ले फ्रान्सेली लिग वानमा आइतबार रेनेसको हातबाट २–० को हात बेहोरेको छ र यससँगै टिमले सन् २०२१ यता पहिलो पल्ट घरेलु मैदानमा हार बेहोर्यो । पीएसजीमाथि रेनेसको यो लिग डबल जित पनि हो ।
खेलको प्रत्येक हाफमा कार्लो टोको र आर्नोड कालिमोन्डोले गोल गरे । यससँगै पीएसजीको घरेलु मैदानमा ३५ खेलको अपराजित यात्रामा पूर्ण विराम लागेको हो । पीएसजी अन्तिम पटक लिगमा मोनाकोसँग लिगमा पराजित भएको थियो ।
हारका बावजुत पीएसजी अझै पनि अंक तालिकाको शीर्ष स्थानमा छ । उसको २८ खेलबाट ६६ अंक छ । समान खेलबाट दोस्रो स्थानमा रहेको मार्सेको ५९ अंक छ ।
