
दाङ । नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी)ले दाङको गडवा बहुमुखी क्याम्पसमा स्ववियुको कोषाध्यक्ष जितेको छ । अखिल (क्रान्तिकारी)को तर्फबाट एकल रुपमा स्ववियु निर्वाचनमा उत्रिएका कोषाध्यक्ष ओमप्रकाश यादव निर्वाचित भएको अखिल (क्रान्तिकारी)ले जनाएको छ । यादव अखिल (क्रान्तिकारी)का तर्फबाट काग्रेस,एमाले,माओ बादीकेन्द्र,मसाल र बिप्लब लागायत ५ वटा बिद्यार्थी संगठनका साझा उम्मेदवार सुदिप बुढाथोकिलाई हराउँदै ३१ मतका बिरुद्ध ७९ मत प्राप्त गरि भारी मत अन्तरले कोषाध्यक्षमा बिजयी हुनु भएको हाे ।
सो क्याम्पसको स्ववियु निर्वाचनमा अखिल (क्रान्तिकारी)बाट सभापतिमा विशाल यादव र कोषाध्यक्षमा ओमप्रकाश यादवले उम्मेदवारी दिनुभएकाे थियाे ।