क्रान्तिकारी ट्रेड युनियन महासंघको राष्ट्रिय सम्मेलन सम्पन्न, नेता दिनेश शर्माको नेतृत्वमा ३१ सदस्यीय केन्द्रीय समिति निर्वाचित

क्रान्तिकारी ट्रेड युनियन महासंघको राष्ट्रिय सम्मेलन सम्पन्न, नेता दिनेश शर्माको नेतृत्वमा ३१ सदस्यीय केन्द्रीय समिति निर्वाचित

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) निकट मजदुर संगठन अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघको पाँचौ राष्ट्रिय सम्मेलन भव्य रुपमा सम्पन्न भएको छ । प्रदेश १ को औद्योगिक नगरी बिराटनगरमा सम्पन्न भएको राष्ट्रिय सम्मेलनले पुराना र स्थापित मजदुर नेता दिनेश शर्मा सागरलाई महासंघको अध्यक्षमा निर्वाचित गरेको छ ।


शुक्रबार जनप्रदर्शन सहित विराटनगरको जनआन्दोलन चौकमा खुल्ला सभा सम्पन्न गर्दै तीन दिन सम्म चलेको बन्द सत्र आइतबार दिनेश शर्माको नेतृत्वमा ३१ सदस्य केन्द्रिय सदस्य समिति निर्वाचित गर्दै सम्पन्न भएको हो ।

सम्मेलनले क्रान्तिकारी मजदुर आन्दोलनको आगामी नीति र नेतृत्व, कार्यदिशा र संगठनात्मक सिद्धान्तको नयाँ संश्लेषण र विकास गर्दै दिनेश शर्मा सगरको नेतृत्वमा इश्वर तिमिल्सिना–उपाध्यक्ष, वसन्त बोगटी–महासचिव, कृष्ण कटेल–सचिव, रंगवीर दोङ– सचिव, कुमार घताने–कोषाध्यक्ष रहेको ३१ सदस्य केन्द्रीय समिति र ७१ सदस्यीय केन्द्रीय परिषद निर्वाचित गरेको छ ।

 यसरी नै  केन्द्रिय सदस्यहरुमा नन्दु झा,रामकुमार तामाङ,विष्णु चौधरी, बालकृष्ण सिटौला , भीमलाल काफ्ले, नरेन्द्र बहादुर बन्जाडे,प्रदिप अस्थानी,देवी गौली , राजु लामा ,उमेश लामा , उद्धव गुरुङ्ग,युवराज थापा, अर्जुन बोगटी , सुजता रोका , विना बुढाथोकी वैकुण्ठ घिमिरे, राजन दहाल ,मिलन श्रेष्ठ, लिलामणी न्यौपाने र रमेश बोगटी लगायत रहनु भएको छ ।

सम्मेलनबाट अध्यक्षमा निर्वाचित हुनु भएका नेकपा(क्रान्त्किारी माओवादी) का पोलिटब्यूरो सदस्य समेत रहनु भएका शर्माले नेपालको मजदुर आन्दोलनलाई उत्कर्षमा पु¥याउने प्रतिवद्धता व्यक्त गर्नु भयो । उहाँले विचार कार्यदिशा कार्यनीति सबैमा एकतावद्ध बनाएर काम अगाडि बढाउने विश्वास व्यक्त गर्नु भयो । वर्गीय मुक्ति आन्दोलनसँग जोडिएको मजदुरहरुको हकहितका लागि आफ्नो क्षमताले भ्याएसम्म जीवनको बलिदान गर्न समेत तयार हुने भनाई राख्नु भयो ।

सम्मेलनको उद्घाटन सत्र हुदै बन्द सत्र सम्म नै प्रमुख अतिथि रहेर नेतृत्वदायी भुमिका निर्वाह गर्नु भएका नेकपा(क्रान्तिकारी माओवादी) का स्थायी समिति सदस्य तथा पार्टी प्रवक्ता हरिभक्त कडेलले नव निर्वाचित समितिलाई कार्यसफताको शुभकाना दिदै पार्टीले मजदुर आन्दोलनलाई अगाडि बढाउन हरबखत सहयोग गर्ने बताउनु भयो । उहाँले मजदुरको अधिकार स्थापित गरेर वर्गिय आन्दोलनलाई टुङ्गोमा पु¥याउन नयाँ जनवादी क्रान्ति पुरा गर्न आवश्यक रहेको र त्यसका लागि आम मजदुरवर्गको सहयोग अपरिहार्य रहेको भनाई राख्नु भयो ।