१३ फागुन काठमान्डौ ।
अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघको घटक संगठन अखिल नेपाल क्रान्तिकारी होटल तथा रेस्टुराँ मजदुर संघको केन्द्रीय भेला अर्जुन बोगटीको संयोजकत्वमा १५ सदस्यीय राष्ट्रिय भेला आयोजक समिति निर्वाचित गर्दै सम्पन्न भएको छ ।


भेलालाई प्रमुख अतिथि एवं महासंघका अध्यक्ष इश्वर तिमिल्सिना, महासचिव वसन्त बोगटी, अखिल नेपाल क्रान्तिकारी वैदेशिक रोजगार मजदुर संघका संयोजक युवराज थापा सहितका मजदुर नेताहरूले शुभकामना दिनुभएको थियो ।


भेलामा शुभकामना मन्तव्य राख्दै महासंघका अध्यक्ष इश्वर तिमिल्सिनाले आगामी मजदुर आन्दोलनको नेतृत्व क्रान्तिकारीहरुले गर्ने स्पष्ट गर्नुभयो । “आजको मजदुर आन्दोलन विभिन्न आरोह अवरोहको प्रक्रियाबाट गुज्रिएको छ, संसदवादी ट्रेड युनियनहरुले मजदुर आन्दोलनको गौरवलाई समाप्त गर्न षड्यन्त्र समेत गर्दै आएका छन, तर तिनीहरु अब पराजित हुनेछन । आगामी मजदुर आन्दोलन क्रान्तिकारी संगठनको नेतृत्वमा अगाडि बढ्छ । हाम्रो संगठनले आगामी मजदुर आन्दोलनको नेतृत्व गर्छ ।“ “महासंघको छैटौं राष्ट्रिय सम्मेलनले त्यसको वैचारिक, सांगठनिक र संघर्षको आधार तयार गर्छ ।“


भेलाको अध्यक्षता महासंघका केन्द्रीय कार्यलयका सचिब एवं अखिल नेपाल क्रान्तिकारी निर्माण मजदुर संघका संयोजक बालकृष्ण सिटौलाले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर