राष्ट्रिय क्रिकेट टिमलाई प्रधानमन्त्रीले भेट्दै

राष्ट्रिय क्रिकेट टिमलाई प्रधानमन्त्रीले भेट्दै

११ फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीहरुसँग भेट्दैछन् ।

दिउँसो साढे एक (१:३०) बजेका लागि भेटवार्ताको समय तोकिएको छ ।

आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत यसै साता सम्पन्न त्रिकोणात्मक शृंखला नेपालले क्लिन स्वीप गरेको थियो । यसले नेपालको एकदिवशीय मान्यता कायम रहने सम्भावना प्रवल बनाएको थियो ।

नेपाली क्रिकेट टिम अर्को शृंखलाका लागि शनिबार युएई जाँदैछ । जहाँ नेपालले १५–२२ फागुनसम्म युएई र पपुवा न्युगिनीसँग त्रिकोणात्मक शृंखला खेल्नेछ ।